• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

धनुषामा बालिकाको शव नग्न अवस्थामा भेटियो, २ जना नियन्त्रणमा


  •    संवाददाता/ शुक्रबार, मङि्सर २९, २०८०  

  • मंसिर २९ । धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

    धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ ।

    Advertisement

    बिहीबार बेलुका ७ बजे शव फेला परेको प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक शर्माले बताए ।

    Advertisement

    सबैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार ती बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी थिइन् । सतोखर पोखरीसम्म ती बालिका रथमै चढेर आएकी थिइन् । रथबाट २/३ जना युवकले उनलाई तल उतारेका थिए । सबैजना घर फर्किए पनि बालिका नफर्किएपछि उनको खोजी सुरु भएको थियो । त्यसैक्रममा अभिभावकले इलाका प्रहरी कार्यालय सबैलालाई खोजी गरिदिन अनुरोध गरेका थिए ।

    खोजविनको क्रममा बालिकाको शव खेतमा खनेको खाल्डोमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईले जानकारी दिए ।
    राति नै तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिने प्रहरी निरीक्षक चौलागाईंले बताए ।

    बालिकालाई रथबाट उतार्ने दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.