• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बहुविवाह-सन्तानकाे जन्मदर्ता भएन, विद्यालयले भर्ना गर्न मानेन


  •    संवाददाता/ बुधबार, मङि्सर २७, २०८०  

  • जनकपुरधामको पञ्चमी महोत्सवको जनाउ दिइरहँदा जनकपुरधाम उपमहानगरपालिका– १३, नमुना बस्तीमा बस्ने २५ वर्षीया मण्डल थरकी एक महिला आफ्नो अतीतलाई सम्झिँदै झस्किन्छिन् । १० वर्षअघि आफ्नै भिनाजुसँग विवाहपञ्चमी महोत्सव हेर्न नआएको भए आज यो हविगत हुने नै थिएन भनेर उनी पश्चात्ताप गर्छिन् ।

    उनी भन्छिन्, ‘महोत्सव खुसीको हुन्छ । तर, त्यही महोत्सवले मेरो जीवनको सारा खुसी पोख्यो, माइती खोस्यो । माया गर्ने आफ्नै दिदीको सौता बनाइदियो । म कसरी त्यो कालो दिनलाई बिर्सिन सक्छु र ?’

    Advertisement

    जनकपुरधाम उपमहानगरपालिका– २५, लोहनामा माइती घर भएकी उनी घरपरिवारकै सल्लाहअनुसार आफ्नै भिनाजुसँग विवाह पञ्चमीको महोत्सव हेर्न जनकपुरधाम आएकी थिइन् । लोहनाबाट करिब ५ किलोमिटरको दूरीमा मात्रै रहेको महोत्सवमा उनी दुई दिनसम्म भिनाजुसँगै घुमफिर गरिन् । महोत्सवमा भिनाजुसँग उनी झन् घुलमिल भइन् ।

    Advertisement

    उनले भनिन्, ‘तेस्रो दिन मैले भिनाजुलाई म घर जान्छु अब भनेँ । तर, भिनाजुले केही दिन जनकपुरमै बस्नू डेरामा । त्यसपछि तिमीलाई घर पुर्‍याइदिन्छु भन्दै मलाई भानु चोकस्थित उहाँको आफ्नो डेरामा लिएर जानुभयो । डेरामा लगेर मलाई बन्द गरिदिनुभयो । मैले यहाँ बस्न सक्दिनँ भन्दा उहाँले केही समय चुप लागेर बस न । म तिम्रो लागि केही खानेकुरा ल्याइदिन्छु भनेर बाहिरबाट कोठाको ढोकामा ताल्चा लगाएर जानुभयो ।’

    उनले थप सुनाइन्, ‘एक/दुई घण्टामा मलाई मन पर्ने सामानहरू ल्याइदिनुभयो । हामीले सँगै बसेर खायौँ । त्यसपछि तिमीलाई भोलि घर पुर्‍याइदिन्छु भनेर मलाई फकाउनुभयो । मभन्दा दोब्बर उमेरका भिनाजुले कर गरेपछि मैले मानेँ । त्यो राति हामीसँगै कोठामा बस्यौँ । तर, उहाँले मलाई केही गर्नु भएन । उहाँबाट मलाई कुनै असुरक्षा महसुस भएन । उहाँको व्यवहारले मलाई राम्रो लाग्दै गयो । उहाँले भोलि भन्दाभन्दै दिनहरू काटिराख्नुभएको थियो ।’

    छोरी हराएपछि यता घरमा खोजी हुन थालिसकेको थियो । बुबाआमा, भाइहरू सबै उनी हराएकाले चिन्तित थिए । गाउँघरमा उनका बारेमा विभिन्न प्रकारका नकारात्मक टिकाटिप्पणीहरू हुन थालिसकेका थिए । उनी भन्छिन्, ‘भिनाजुलाई सोध्दा पनि उनी महोत्सवबाट एक्लै घर गएको भनेर झुटो कुरा सुनाइदिनुभएछ । म भिनाजुको डेरामा थिएँ । त्यसैले यी कुराहरूबारे मलाई केही थाहा थिएन । मसँग मोबाइल फोन पनि थिएन । भिनाजुलाई सोध्दा तिम्रो भाइ लिन आएपछि जानू भन्नुभएको थियो ।’

    उनलाई आफ्नो गाउँ जाने बाटो पनि थाहा थिएन । उनका भिनाजुचाहिँ बीचबीचमा उनलाई डेरामा थुनेर दिदीसँग भेट गर्न धनुषाधामको नौसय बिघा भन्ने ठाउँमा जाने गर्थे । यो कुरा भिनाजुले उनलाई सुनाउँथे । भिनाजुको डेरामा बाहिर ननिस्केरै उनले एक महिना बिताइन् ।

    उनले भनिन्, ‘एक दिन भिनाजु नभएको मौकामा कोठाबाट बाहिर निस्केर भानुचोकमा आएकी थिएँ । कुनै गाउँले भेटेँ भने आमाबुवालाई मलाई लिन आउनू भन्ने खबर पठाउने सोच थियो । नभन्दै संयोगले एक जना गाउँले दाइलाई भेट्टाएँ । ती दाइले त मैले भागेर बिहे गरेको हल्ला गाउँमा चलेको सुनाए । अनि मेरो घरपरिवार र आफन्तमा उनले यो कुरा सुनाएछन् । म झस्किएँ, डराएर फेरि कोठामा आएँ ।’

    त्यो सुनेपछि उनी अब आफ्नो जिन्दगी के होला भन्ने चिन्ताले केही सोच्न सकिरहेकी थिइनन् । त्यही दिन साँझतिर उनका भिनाजु कोठामा आए । अनि उनले गाउँ समाज र घरपरिवारमा फैलिएको हल्लाबारे सुनाइन् । तर, उनका भिनाजुले केही हुँदैन, चिन्ता नगर्नू भनेर आश्वासन दिए ।

    उनले भनिन्, ‘गाउँमा आफ्नो बिहे नै भइसकेको हल्ला चलेको सुनाउँदा पनि भिनाजुले केही हुन्न भनेपछि म झसङ्ग भएँ । अनि मैले भिनाजुलाई केही भयो भने मेरो जिम्मेवारी तपाईंले लिनुपर्छ भनेर भनेँ । उहाँले पनि केही भयो भने तिमीसँग म बिहे गर्छु भनेर भन्नुभो ।’

    उनी लेखपढ नगरेकी सिधा केटी थिइन् । कम उमेरकी भएकाले त्यतिबेला उनलाई माया प्रेमका बारेमा त्यति ज्ञान पनि आइसकेको थिएन । केही भयो भने तिमीसँग म बिहे गर्छु भनेकाले उनी भिनाजुसँगै बस्न थालिन् । उनले भनिन्, ‘दुई महिना पूरा हुँदा पनि घरबाट कोही लिन नआएपछि कोठामै भिनाजुले निधारमा सिन्दुर लगाइदिनुभो । त्यसपछि हामी श्रीमान्/श्रीमतीजस्तै भएर बस्न थाल्यौँ ।’

    दुवै जना सँगै बस्न थालेको तीन/चार महिनापछि मात्रै घरपरिवारले उनीहरूले बिहे गरेको थाहा पाए । त्यतिबेलासम्म उनको पेटमा गर्भ हुर्किन थालिसकेको थियो । तर, माइतीबाट भिनाजु (श्रीमान्) लाई छोड्न दबाब आयो । उनले मानिनन् । एकचोटि बिहे गरिसकेँ, अब छोड्न सक्दिनँ भनेर भनिदिइन् । उनले भाग्यमा यही लेख्या रहेछ भनेर चित बुझाइन् ।

    उनले भनिन्, ‘मैले त्यसो भनेपछि मेरा माइतीले मसँग नाता नै तोडे । दिदीले पनि मलाई कुटपिट गर्नुभो । गल्ती मेरै थियो । उहाँलाई कुनै दोष म दिन्नँ ।’

    उनी नाबालिग थिइन् । यसबारेमा उनलाई केही जानकारी थिएन । भिनाजु उनीभन्दा २०/२५ वर्ष जेठो उमेरका थिए । उनी भन्छिन्, ‘मेरा बुवाआमाले मलाई भिनाजुले राखेको ठाउँबाट लिएर गएको भए पनि आज मेरो यो अवस्था हुन्नथ्यो ।आज मसँग माइतीघर हुन्थ्यो, दिदीबहिनी हुन्थे । तर, अब मसँग केही रहेन । जे हुनु थियो भयो, सबै सकियो । अहिले म तीन बच्चाकी आमा बनेकी छु, दुई छोरी र एक छोरा छन् । अब उनीहरूको भविष्यको चिन्ता छ मलाई ।’

    श्रीमान्‌ले पहिल्यै दिदीसँग बिहे गरिसकेको हुँदा उनका छोराछोरीको जन्मदर्ता हुन सकेको छैन । जन्मदर्ता नभएकाले नै उनले आफ्ना नानीबाबुलाई स्कुल भर्ना गर्न सकेकी छैनन् । उनले भनिन, ‘एक वर्षअघिसम्म छोराछोरीलाई डेरानजिकैको बोर्डिङ स्कुलमा पढाइरहेकी थिएँ । तर त्यो स्कुलले जन्मदर्ता माग्यो, त्यो बुझाउन नसकेकाले नाम नै काटिदियो ।’

    अहिले श्रीमान्‌को नागरिकता दिदीले नै राखेकी छिन्, दिएकी छैनन् । श्रीमान्‌को गाउँमा जग्गाजमिन पनि छ । सबै जग्गाजमिनको स्वामित्व दिदीले नै लिइरहेकी छिन् । उनलाई केही पनि दिइएको छैन । दैनिक मजदुरी गरेर कमाएको केही रकम श्रीमान्‌ले घरखर्चका लागि दिने गरेका छन् ।

    उनी भन्छिन्, ‘मेरा माइतीका बुवाआमा सबै दिदीकै पक्षमा छन्, गाउँ समाजले पनि मलाई सहयोग गरिरहेका छैनन् । श्रीमान् बुढो भइसकेका छन् । अचेल प्राय: दिदीसँग गाउँमै बस्नुहुन्छ ।’

    बच्चाहरूको जन्मदर्ता बनाउन भन्दा उनका श्रीमान्‌ले आलटाल गरिरहेको उनी बताउँछिन् । उनका अनुसार, बच्चाको जन्मदर्ता बनाउन जाँदा बहुविवाहको मुद्दा लाग्ने डरले नै उनका श्रीमान् पन्छिने गरेका रहेछन् । तीनवटा बच्चा जन्मिसक्दा पनि उनको विवाह दर्ता भएको छैन । उनले भनिन्, ‘मैले गरेको गल्तीको सजाय मेरा बच्चाहरूले भोगिरहेका छन् । मेरो विवाह दर्ताभन्दा पनि मेरा बच्चाहरूको भविष्यको चिन्ताले म पिरोलिइरहेकी छु ।’

    माथिको घटनाजस्तै विवाहित पुरुषसँग प्रेमविवाह गरेकी जनकपुरधाम उपमहानगरपालिका– ८ बस्ने २७ वर्षीया एक खातुन थरकी महिला पनि छोराछोरीको जन्मदर्ता बनाउन नसक्दा सास्ती झेल्न बाध्य छिन् । सात वर्षअघि धनुषाकै सबैला नगरपालिकाका एक ठाकुर थरका पुरुषसँग खातुनको विवाह भयो । लामो समय मलेसिया बसेर फर्केका ठाकुर आफ्नो धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाएका थिए । उनी जनकपुरधाम– ८ स्थित मदरसा र मस्जिदमा उनको आउजाउ बढी थियो । उनी मस्जिदमा दैनिक पाँचपटक नमाज पढ्ने गर्थे । मस्जिदमा मौलवीसँग उनले आफूले इस्लाम धर्म अपनाएको र मुस्लिम केटीसँग बिहे गर्ने इच्छा जाहेर गरेका थिए ।

    मौलवीसँगको कुराकानीमा उनले आफ्नो बिहे भए पनि पहिलो श्रीमतीसँग सम्बन्धविच्छेक भएको र इस्लाम धर्म अपनाएपछि बुबाआमाले समेत आफूसँग सम्बन्ध तोडेको बताउँथे । मस्दिज आउजाउका क्रममा मस्जिदनजिकै घर रहेकी खातुनलाई ठाकुरले मन पराए । त्यसको भान खातुनलाई पनि भइसकेको थियो । खातुनको पनि पहिलो श्रीमान्‌सँग सम्बन्धविच्छेद भइसकेको थियो । घरको आर्थिक अवस्था दयनीय रहेको खातुनको परिवारजनले छोरीको अर्को बिहे गरिदिने मन बनाइरहेका थिए । त्यत्तिकैमा ठाकुर र खातुन दुवैले आफूहरूबीच प्रेम रहेको र बिहे गर्ने चाहना रहेको बताउँदै मौलवीसामु विवाह गर्ने प्रस्ताव गरे ।

    मौलवीले पनि ठाकुरले आफ्नो धर्म परिवर्तन गरिसकेको र पहिलाकी श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको अवस्थामा अर्को बिहे गर्न खासै समस्या नहुने भनेर खातुनको परिवारजनलाई सम्झाए र बिहेका लागि राजी गराए । अनि मस्जिदमै दुवैको निकाह गराइदिए । निकाहपश्चात् दुवै जना श्रीमान्/श्रीमतीको रूपमा जनकपुरधाममै डेरा लिएर बस्न थाले । सँगै बसेको चार महिनापछि ठाकुर वैदेशिक रोजगारी लागि कतार गए । यता, केही महिनापछि खातुनले छोरी पाइन् । ठाकुर विदेश गएको ४ वर्ष बित्न लाग्दासमेत नेपाल फर्केका छैनन् । खातुनलाई समयसमयमा घरखर्च भने पठाउने गरेका छन् ।

    खातुनको अहिलेसम्म विवाह दर्ता पनि भएको छैन । छोरीको जन्मदर्ता पनि भएको छैन । ठाकुरले पहिलकी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको भनिए पनि कानुनी रूपमा सम्बन्धविच्छेद भएको छैन । अझै पनि ठाकुरको घरमा उनकी पहिली श्रीमती र छोराछोरी बस्दै आएका छन् ।

    यता, खातुनले छोरीको जन्मदर्ता नहुँदा राज्यले मासिक रूपमा दिने पोषण भत्तालगायतका सबै सरकारी सेवा सुविधा पाउन सकेकी छैनन् । जन्मदर्ता नभएकैले गर्दा छोरीलाई विद्यालय भर्ना गर्न पनि सकेकी छैनन् । खातुन भन्छिन्, ‘विद्यालयमा भर्ना गर्न जाँदा जन्मदर्ता माग्छन् । अहिले जन्मदर्ता छैन । जन्मदर्ता बनाउँदा कानुनी रूपमा धेरै झमेला हुने भनेर श्रीमान् पनि यो विषयमा चासो लिइरहेका छैनन् । छोरीको भविष्यलाई लिएर डर लागिरहेको छ ।’

    यी माथिका दुई घटना त प्रतिनिधि घटना मात्र हुन् । यस्ता थुप्रै घटनाहरू हाम्रा गाउँ समाजमा पाउन सकिन्छ । एउटा विवाहित पुरुषले पुनः अर्को महिलासँग विवाह गरेर जन्मिने बच्चाहरूको जन्मदर्ता हुन नसक्दा शिक्षालगायत सबै सरकारी सेवा सुविधाबाट वञ्चित हुनुपरिरहेको माथिका घटनाबाटै प्रस्ट हुन्छ । यस्ता घटनाहरू हाम्रो समाजमा व्यापक देखिएको छ ।

    यस विषयमा अधिवक्ता विमल मिश्रा भन्छन्, ‘यस्ता घटनाहरू मकहाँ पनि आउने गरेका छन् । नेपाली आमाबुबाबाट जन्म भएका बच्चाको जन्मदर्ता रोक्ने कानुनी व्यवस्था छैन । नयाँ मुलुकी देवानी संहिता आएदेखि बहुविवाहको मुद्दाका डरले यस्ता समस्याहरू आउने गरेका छन् ।’ उनी थप्छन्, ‘तर बहुविवाहको मुद्दाको म्याद हुन्छ, त्यो म्यादभित्र मुद्दा हाले मात्रै मुद्दा लाग्छ । तर, यहाँ त विवाह गरेर वर्षौंदेखि सँगै बसेर दुईवटा बच्चा भइसक्दा पनि बहुविवाहको मुद्दाको डरले स्थानीय तहले जन्मदर्ता बनाइदिइरहेका हुँदैनन् । वा विभिन्न डर देखाएर अभिभावकसँग पैसा तान्ने प्रयासमा हुन्छ ।’

    अधिवक्ता उमेश यादव पनि बिहे भएको लामो समय भइसकेपछि बहुविवाहको मुद्दा नलाग्ने र श्रीमान्/श्रीमतीले अदालतबाट नाता कायम गराई विवाह दर्ता र बच्चाको जन्मदर्ता बनाउन सक्ने बताउँछन् ।

    बिहे भएको प्रमाण अरु नभए पनि छोराछोरी नै प्रमाण रहेको बताउँदै यादव भन्छन्, ‘श्रीमान्‌/श्रीमतीसँगै रहेको अवस्थामा उनीहरूको नाता कायम गराउन खासै कानुनी जटिलता आइपर्दैन ।’ उनी बच्चाको जन्मदर्ता नहुँदैमा पढाइबाटै वञ्चित गर्नुपर्ने कानुनी प्रवधान नरहेको बताउँछन् ।

    ‘विद्यालयमा विद्यार्थीको नामकरणको बेलामा जन्मदर्ता अवश्य चाहिन्छ,’ उनले भने, ‘तर तत्काल नहुँदैमा बच्चालाई पढनपाठनबाटै वञ्चितचाहिँ गर्नु हुँदैन । बरु अभिभावहरूलाई जन्मदर्ताका लागि केही समय दिनुपर्छ ।’

    नेपालको संविधान २०७२ मा रहेको मौलिक हक र कर्तव्यको धारा ३९ मा बालबालिकाको हकअन्तर्गत प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुनेछ भनेर उल्लेख गरिएको छ ।

    त्यसैगरी, संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ । यसमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भनिएको छ । त्यस्तै, राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने हक हुनेछ भनेर व्यवस्था गरिएको छ । संविधानमै यसरी व्यवस्था गरिएको हुनाले यी ऐनले पनि बच्चाहरूलाई शिक्षाको हक प्रदान गरेको अधिवक्ता यादवले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.