• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मजदुरको १७ औं दिनसम्म पनि भएन उद्धार, प्रधानमन्त्री नरेन्द्र मोदिले गरे देविदेवतासंग प्रार्थना


  •    संवाददाता/ मङ्गलबार, मङि्सर १२, २०८०  

  • १२ मंसिर । भारतको उत्तराखण्डको सिलक्यारा सुरुङमा मजदुरहरु फसेको आज १७ औं दिन पुगिसक्दा पनि अझै उद्धार हुन सकेको छैन ।

    मेसिनबाट उद्धारको काम प्रभावित भएपछि अहिले हातैले खनेर उद्धारको प्रयास भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    Advertisement

    सिलक्यारामा सुरुङ निर्माण खन्ने क्रममा १२ नोभेम्बरको दिन एक भाग भत्किएर त्यहाँ भित्र काम गरिरहेका ४१ जना मजदुर फसिरहेका छन् । उनीहरुलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको छ । उनीहरुलाई बाहिर निकाल्न ठाडो र तेर्सो खनेर पाइप घुसाउने काम भइरहेको छ ।

    Advertisement

    यसअघि मजदुरहरुलाई उद्धारका लागि जमिनभित्र पाइप पुर्याउन ओगर मेसिनले डि्रल गर्न सुरु गरिएको थियो । तर जमिन खन्ने मेसिन नै भाँचिएपछि उद्धारकार्य प्रभावित भएको थियो ।

    भाँचिएको भाग काटेर निकालेपछि अहिले हातैले खनेर मान्छे छिर्ने पाइप सुरुङभित्र घुसाउने प्रयास भइरहेको छ ।

    भारतीय मिडिया द क्वीन्टका अनुसार दुई मिटरसम्म म्यानुअल डि्रलिङ -हातले खन्ने काम) भइसकेको छ । समाचार अनुसार हातले खन्दै माटो बाहिर फ्याँक्ने र मेसिनमार्फत् पाइप घुसाउँदै जाने काम भइरहेको छ ।

    मजदुरहरुलाई निकाल्न पहाडको माथिबाट पनि भर्टिकल -ठाडो गरी) मेसिनले खन्ने काम भइरहेको छ । कुल ८६ मिटर ड्रिल गर्नुपर्नेमा ५० मिटर गहिरो डि्रल भइसकेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बताएका छन् ।

    भारतका मौसमविदले पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेकाले उद्धारको काम प्रभावित हुने हो कि भन्ने चिन्ता थपिएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् । उनले सुरुङभित्र १७ दिनदेखि थुनिएका मजदुरहरुका लागि देवीदेवताहरुसँग प्रार्थना गरेको भन्दै ट्वीट पनि गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.