जाजरकोटमा शक्तिशाली भूकम्प : १२१ जनाको मृत्यु
झापा-जाजरकोटमा शुक्रवार राति गएको भूकम्पमा परी उप प्रमुख सहित १२१ जनाको मृत्यु भएको प्रारम्भिक खबरहरु प्राप्त भएका छन् । जाजरकोट र रुकुममा भएको मानवीय क्षतिका विवरणहरु प्राप्त भइरहेका हुन् ।
जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती ६.४ म्याग्निच्युडको भुकम्प गएको थियो । प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधिले हालसम्म १२१ जनाको ज्यान गइसकेको विवरणहरु सार्वजनिक गरेका छन् ।
सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको छ ।
Advertisement







