झापा हल्दीवारी कि ९ बर्षिया बालिका लाई जबर्जस्ति गर्ने स्थानीय एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका ४ वडावारी तामाङ वस्तीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ रहेका छन् । घटनाबारे प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दोषीलाई कानुनी कारबाहीको माग गर्दै बाल संजाल,बाल क्लब लगायत बालबालिकाको विषयमा सरोकार राख्ने संघ संस्थाले माग गरेका छन् ।
Advertisement







