• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

युवतीलाई बिहे गर्न : राष्ट्रपति सी आह्वान


  •    संवाददाता/ मङ्गलबार, कार्तिक १४, २०८०  

  • चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ युवतीलाई बिहे गर्न आह्वान गरेका छन्। उनले अल-चाइना वुमन्स फेडरेशनका नयाँ नेतृत्वसँग सोमवार यस्तो आह्वान गरेका हुन्।

    उनले देशमा ‘परिवारको नयाँ प्रवृत्ति’ स्थापना गर्न चिनियाँ महिलाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। चीन दुईतर्फी संकटसँग जुधिरहेका वेला सीले देशका युवतीलाई यो अपील गरेका हुन्।

    Advertisement

    चीन एकातिर बूढो जनसङ्ख्याबाट चिन्तित छ भने अर्कोतिर जन्मदरमा पनि उल्लेखनीय गिरावट आएको छ। यति मात्र होइन चीनमा अहिलेका युवतीहरूले विवाह गर्न मान्दैनन्। यसै कारण चिनियाँ राष्ट्रपति तनावमा आएका हुन् र युवतीलाई बिहेको आग्रह गर्न बाध्य भएका हुन्।

    Advertisement

    यो वुमन्स फेडरेशन चीनको सत्तारुढ कम्युनिष्ट पार्टी अन्तर्गतमा रही काम गर्दछ। उनले महिलाको क्षेत्रमा सुधार हुनु महिलाको आफ्नै विकास मात्र होइन। यो त पारिवारिक सद्भाव, सामाजिक सद्भाव, राष्ट्रिय विकास र राष्ट्रिय प्रगतिसँग पनि जोडिएको बताए। उनले विवाह गर्ने र सन्तान जन्माउने नयाँ संस्कृतिको प्रवर्धन गर्नु अत्यावश्यक छ। साथै विवाह गर्ने, सन्तान जन्माउने र परिवार हुर्काउनेतर्फ युवाको सोचलाई बलियो बनाउन आवश्यक रहेको बताए।

    संसारको उदीयमान शक्ति चीन चौतर्फी संकटको सामना गरिरहेको वेला चिनियाँ राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन्। चीनमा सन्तान हुर्काउनको बढ्दो खर्च, करियरमा आउने अवरोध, लैङ्गिक विभेद र विवाह नगर्ने बढ्दो प्रवृत्तिले चिनियाँ महिलामा सन्तान नजन्माउने भावना पैदा गरेको छ। चीनमा कति जन्मिएका बच्चा जन्मन्छन् भन्ने कुरा विवाह दरसँग सम्बन्ध राख्छ। चीनमा एकल महिलाको बच्चा हुनुपर्छ भन्ने आधिकारिक नीति छ।

    चीनको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सले विगत ६ दशकमा पहिलोपटक जनसंख्या घटेको उल्लेख गरेको छ। यति मात्र होइन, देशको जनसङ्ख्या तीव्र रूपमा बूढो हुँदै गएको प्रतिवेदनले देखाएको छ।

    चीनमा थोरै सन्तान जन्मिएकाले आगामी दिनमा देश बूढो भएर सामान उत्पादन गर्न नसक्ने र उदीयमान शक्ति गुमाउने डर सीलाई छ। धेरै कम्पनीहरू अहिले चीन छोडेर बाहिरिँदै छन्। यति मात्र होइन अब यो चीनमा श्रम पनि घटेको छ। यसबाट उत्पादन लागत बढ्दा सामान महँगो हुँदै गएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.