• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सत्ताको नेतृत्व गरिरहेको माओवादीले अब सडक संघर्ष गर्ने


  •    संवाददाता/ मङ्गलबार, कार्तिक १४, २०८०  

  • १४ कात्तिक, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै माओवादी केन्द्रले सडक संघर्ष गर्न लागेको हो ।

    मंगलबार बिहान जारी सर्कुलर अनुसार माओवादी केन्द्रले मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्नेछ । सरकारमा बसेर राज्यका नीतिहरु कार्यान्वयन गर्नुपर्नेमा माओवादी केन्द्रले प्रतिपक्षी दलको व्यवहार देखाउन लागेको हो ।

    Advertisement

    दुई दिनअघि बसेको पार्टीको पदाधिकारी बैठकका निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।

    Advertisement

    ‘लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा, प्रतिगमनको विरोध’ – माओवादीको सर्कुलरअनुसार सडक संघर्षमा यसबारे खबरदारी गरिनेछ ।

    माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाका अनुसार पहिलो चरणमा काठमाडौंमा संघर्षको कार्यक्रम घोषणा गरिएको हो । त्यसपछि प्रदेश र पालिका तहसम्म पुग्ने उनले जानकारी दिए ।

    पार्टी अध्यक्ष नै प्रधानमन्त्री भएको बेलामा किन सडकमा जाने निर्णय गर्नुभयो ? यो प्रश्न हामीले सापकोटालाई सोध्यौं ।

    उनले भने, ‘व्यवस्थाविरोधी अराजकता देखिएका छन्, लोकतन्त्रको रक्षाका लागि हामीले नागरिकहरुलाई पार्टीको लेभलबाट पनि सचेत गराउनुपर्छ । सडकको संघर्ष भनेको एक किसिमले जनपरिचालन हो भनेर बुझ्दा हुन्छ । यो हामी देशैभरि गर्नेछौं ।’

    पार्टीमा सरकारमा हुँदैमा जनताको बीचमा जान नहुने भन्ने नभएको उनले तर्क गरे ।

    माओवादीले विदेशी शक्तिसमेत परिवर्तन उल्ट्याउन सक्रिय भएको विश्लेषण गरेको छ । तर ती शक्ति को हुन् भन्नेबारे सर्कुलरमा प्रष्ट गरिएको छैन । सरकारले उपलब्धि उल्ट्याउने षड्यन्त्रलाई कसरी चिर्नेछ भन्नेबारे प्रधानमन्त्री तथा गृहमन्त्री भएको पार्टीले कुनै सूचना वा धारणा दिएको छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.