• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अनिलको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने आफन्तको अडान


  •    संवाददाता/ मङ्गलबार, कार्तिक १४, २०८०  

  • झापा, कात्तिक १४ । कमल –६ का ३६ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने आफन्तले अडान लिएका छन् ।

    उनीहरुले कार्कीको मृत्यु अघिपछिका सबै तथ्यहरुलाई आधार बनाएर अनुसन्धानको घेरा फराकिलो बनाउन माग समेत गरेका छन् । मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकीलगायतले आज दमकमा पत्रकार सम्मेलन गर्दै कार्कीले आफूमाथि भएको अन्यायका बिषयलाई लिएर समयमै प्रहरी कार्यालयमा पुगेपनि न्यायको अनुभूति हुन नसकेको तथ्य आफूहरुसँग रहेको बताए ।

    Advertisement

    घटनापछि वडाध्यक्ष नरेन्द्र भट्टराई फरार हुनु शंकास्पद रहेको आफन्तको बुझाई छ । उनीहरुले कार्कीमाथि उनकी पत्नी चाहना पोख्रेल, ससुरा पुण्यप्रसाद पोख्रेल र वडाध्यक्ष भट्टराईले समेत कुटपिट गरेको प्रमाण आफूहरुसँग सुरक्षित रहेको पनि बताए । वडाध्यक्ष भट्टराईसहित तीन जनाविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि वडाध्यक्षको नाम हटाएर दुई जनाविरुद्ध मात्र प्रहरीले कानुनी कार्वाही शुरु गरेको जानकारी आफूहरुले पाएको बताउँदै मृत्यु प्रकरणका दोषीहरुलाई उन्मुक्ति दिलाउने षडयन्त्र भइरहेको आरोप पनि लगाए ।

    Advertisement

    कार्की आइतवार साँझ गलामा डोरी लगाएको र डोरी काटेर तीन टुक्रा पारेको अवस्थामा घरमै फेला परेका थिए ।
    पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
    दशैंको महानवमीका दिन कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप छ । दशै विदामा घर आएका कार्कीमाथि श्रीमती,वडाध्यक्ष भट्टराईसहितले कुटपिट गरेको भन्दै दशैं टिका अर्थात ७ कात्तिकमा इलाका प्रहरी कार्यालय दमकमा निवेदन समेत दिएका थिए । सो निवेदनमाथि प्रहरीले कात्तिक १२ गते छलफल गर्ने भनेपनि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमय मृत्यु भएको हो ।

    जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्षदेखि ससुरालीछेउमा घर बनाएर बस्दै आएका थिए । उनका एक जना नाबालिका छोरी भएको बताईएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.