धुलाबारी । छात्रालाई दुर्व्यवहार गरेकाे आराेपमा मेचीनगरका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । मेचीनगर ९ स्थीत हरि आधारभुत विद्यालयका अभिभावककाे उजुरीका आधारमा साेही विद्यालयका शिक्षकलाई पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक राेहित शर्माले बताए।
छात्राहरूले आफुहरूलाई शिक्षकले दुर्व्यवहार गरेकाे भन्ने बयानका आधारमा अभिभावकले उजुरी दिए पछि उनलाई शुक्रबार अपरान्ह पक्राउ गरेका छाैं,´ प्रहरी निरीक्षक शर्माले भने, `दुइ जना छात्राका अभिभावकले दिएकाे उजुरी पछि मुद्दा दर्ता गरेर कानूनी प्रक्रिया अगाडी बढिसकेकाे छ ।´
शिक्षक बिरूद्ध कक्षा ७ र ८ का छात्राहरूले सामुहिक रूपमा पटक पटक विद्यालयमा दुर्व्यवहारकाे गुनासाे गरे पनि विद्यालय प्रशासन र व्यवस्थापन समितिले ठाेस कदम नचाले पछि अभिभावकले नै प्रहरीमा उजुरी गर्नु परेकाे एक अभिभावकले बताए ।







