• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जाडोमा कोरोना झनै बढ्न सक्ने चिकित्सकहरुको भनाई


  •    संवाददाता/ आइतबार, कार्तिक १६, २०७७  

  • कोरोना भाइरस जाडोमा लामो समयसम्म रहने हुँदा विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाएका छन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासीनीले जाडोबाट बच्‍न घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने हुँदा कोरोना संक्रमण फैल्ने सम्भावना बढी हुने बताउँछन् ।

    Advertisement

    उनलेभने, “जाडोमा चिसोबाट बच्न झ्यालढोका बन्द गरिने हिटर ताप्ने, आगो ताप्न एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी हुन्छ ।” उनका अनुसार जाडोयाममा कोरोनासँगै इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) समेत देखिने हुनाले अहिले पनि आमव्यक्तिमा कोरोना संक्रमणको त्रास पनि बढेको छ ।

    Advertisement

    उनलेभने, “जाडोमा कोरोना भाइरस सतहमा धेरैबेरसम्म जीवित रहने हुँदा अझ फैल्न सक्छ ।” अझ ज्येष्ठ नागरिकलाई कोरोना र इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) बाट बचाउनुपर्ने उनको भनाइ छ ।

    उनले भने,“ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा अर्थात मौसमी रुघाखोकी विरुद्को खोप समयमै दिन सकिन्छ ।” यदि कोरोना भाइरस र इन्फ्लुएन्जा अर्थात मौसमी रुघाखोकी बढेमा मृत्युदर समेत बढ्ने खतरा हुने उनको भनाइ छ ।

    उनका अनुसार इन्फ्लुएन्जा (मौषमी रुघाखोकी)मा ३ सय जनामा एक जनाको मृत्यु हुनेको गरेको देखिएको छ भने नेपालमा कोरोना संक्रमणबाट एक सय ५० जनामा एक जनामा मृत्यु भएको देखिन्छ । यसैगरी,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लनिकल संयोजक डा. शेरबहादुर पुनले मौषमी रुघाखोकी देखिएका व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएमा झन जोखिम बढ्ने बताउँछन् ।

    कोरोना र इन्फ्लुएन्जा (मौषमी रुघाखोकी)का लक्षण एकदमै मिल्दोजुल्दो भएकाले मानिसहरुमा डर बढेको उनले जानकारी दिए । उनका अनुसार जाडो बढेसँगै इन्फ्लुएन्ज (मौषमी रुघाखोकी)को समस्या समेत देखिन थालेको छ । उनलेभने,“ज्वरो आउँने, टाउको दुख्‍ने,खोकी लाग्ने, शरीर दुख्ने, घाँटी खसखस गर्ने लक्षण दुबैमा देखिन्छ तर गन्ध, स्वाद र आँखा दुख्‍ने समस्या देखिएमा इन्फ्लुएन्जा (मौषमी रुघाखोकी) नभएर कोरोना संक्रमण भएको हुने देखिन्छ ।”

    कोरोना संक्रमण फैलिएको क्षेत्रबाट आएका,कोरोना संक्रमितको सम्पर्कमा आएका गन्ध ,स्वाद र आँखा दुख्‍ने समस्या देखिएमा पीसीआर परीक्षण गर्ने वा चिकित्सकसँग परार्मश लिनुपर्ने उनको सुझाब छ ।

    विभिन्न अध्ययन हेर्दा जाडो महिनामा कोरोना भाइरस हावामा लामो समयसम्म रहने देखिएको उनले जानकारी दिए । पहिलो पटक चीनको बुहानमा कोरोना संक्रमण जाडो महिनामै देखिएको थियो । त्यसैपनि जाडोमा धेरै भाइरसहरु सक्रिय हुने गरेको देखिएको उनले बताए ।

    उनका अनुसार मौषमी रुघाखोकीले पनि केहीमा कडा प्रकारको निमोनियाँसमेत हुने र केहीमा सामान्य समेत देखिने हुन्छ भने कोरोना संक्रमणले केहीमा कडा निमोनिया र केहीमा सामान्य समेत देखिएको पाइएको छ ।

    जाडोमा कोरोना कडा भएर इन्फ्लुएन्जा (मौषमी रुघाखोकी) सामान्य समेत देखिएको हुनसक्ने उनले बताए । उनले भने,“रुघाखोकी देखिएका व्यक्तिले कोरोना परीक्षण गरेको हुन्छ तर कोरोना नेगेटिभ देखिन्छ, थप इन्फ्लुएन्जा परीक्षण गरेर उपचार गनुपर्ने हुन्छ । ”

    उनका अनुसार कोरोना भाइरसबाट बच्ने जनस्वास्थ्यको मापदण्ड राम्रोसँग पालना गर्न उनले सुझाए । उनले भने, “कोरोना संक्रमणबाट बच्न अनिवार्य सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, बिना काम सकेसम्म घरबाहिर नजाने र कसैलाई पनि नबोलाउने गरौँ ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.