झापा । जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी दिवसको अवसरमा तीनजना विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ ।
“६८ औँ प्रहरी दिवस २०८०” को अवसरमा २०८० साल असोज १२ गते जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न गरिएको थियो ।
सो निबन्ध प्रतियोगितामा सहभागिता हुने २४ जना विद्यार्थीहरू मध्ये प्रथम, द्वतिय र तृतीयलाई प्रहरी दिवस २०८० साल असोज ३० गतेका दिन पुरस्कृत गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसरी पुरस्कृत हुनेमा प्रथम कमल गाउँपालिका ७ स्थित सरस्वती माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा प्रगति दाहाल, द्वितीय कमल गाउँपालिका ३ स्थित लालिमा आवासीय माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा सलुजा पोखरेल र तृतीय बिर्तामोड नगरपालिका ३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत तृष्णा भट्टराईलाई पुरस्कार तथा प्रमाण पत्र द्वारा पुरस्कृत गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







