झापा । हल्दिवारी गाउँपालिका वडा नम्बर १ साविक गोलधाप ३ का एक युवकको रोजगारीको सिलसिलामा साउदी अरब पुगेको हप्ता दिनमै निधन भएको छ ।
विष्णु रिमालका जेठा छोरा २१ वर्षिय बिजय रिमालको साउदी पुगेको हप्ता दिन नबित्दै बिरामीका कारण निधन भएको छिमेकी इन्द्र कार्कीले जानकारी दिएका छन् ।
गत भदौको पहिलो साता रोजगारीका लागि साउदी गएका उनको भदौ १५ गते अचानक निधन भएको परिवारले जनाएको छ ।
कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको र उपचारका क्रममा निधन भएको बताइएको छ । गएराती उनको शब घरमा ल्याईएको बताईएको छ ।
Advertisement







