• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दिवारीले कानूनविपरित विद्यालय बन्द नगर्न शिक्षकहरुलाई चेतावनी


  •    संवाददाता/ शुक्रबार, असोज ०५, २०८०  

  • झापा । हल्दिवारी गाउँपालिकाले कानूनविपरित विद्यालय बन्द नगर्न शिक्षकहरुलाई चेतावनी दिएको छ ।
    विगत तीन दिनदेखि शिक्षकहरु विद्यालय बन्द गरेर काठमाडौ केन्द्रित आन्दोलनमा संलग्न रहेका बेला हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले एक प्रेस विज्ञप्ति जारी गरी त्यस्तो चेतावनी दिएका हुन् ।

    ‘असन्तुष्ट पक्षहरुको माग पुरा गर्ने आफ्नै विधि, प्रकृया र पद्धति हुन्छन् । आफ्ना माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनै पनि युक्तिसंगत र क्षम्य हुँदैन । संघीय सरकारसँगका माग सम्बोधनका नाममा शिक्षा क्षेत्रको गुणस्तर सुधारोन्मुख हुदै गरेको समयमा विद्यालय बन्द गरेर पुन शैक्षिक क्षति गर्नु निश्चय पनि शिक्षकको नैतिकता र आचरणले दिँदैन’ उनले भनेका छन् ,‘ शिक्षकका पेशागत ÷ वृत्ति विकासका लागि माग राख्ने र पुरा गर्ने विधि एवं प्रकृयाको मार्ग प्रशस्त हुँदाहुँदै विद्यालय शान्ति क्षेत्र र प्रचलित कानूनविपरीत विद्यालय बन्द नगर्न÷नगराउनु हुन यो विज्ञप्ति जारी गरिएको छ ।’

    Advertisement

    नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन, २०६८ को बुँदा नं ६. २ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता कृयाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै उनले शिक्षा ऐन, २०२८ को दफा ८५ र हल्दिवारी गाउँपालिकाको शिक्षा क्षेत्र व्यवस्थापन गर्न बनेको ऐन, २०७९ को दफा ५० मा भएको व्यवस्था प्रतिकुल हुने गरी तथा हल्दिबारी गाउँपालिकाभित्र सञ्चालित विद्यालय ‘विद्यालय शान्तिक्षेत्र’ को अवधारणाविपरित अवाञ्छनीय कार्य गर्न बन्देज गरिएको आन्दोलनरत शिक्षकहरुलाई अवगत गराएका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.