• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मन्त्री कार्की लाई गृह क्षेत्रमा स्वागत अभिनन्दन


  •    संवाददाता/ बिहिबार, असोज ०४, २०८०  

  • बिर्तामोड । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा हालै नियुक्त भई पदभार सम्हालेका एकराज कार्कीलाई आज बिर्तामोडमा बधाई तथा कार्यकाल सफलताको शुभकामना अर्पण गरिएको छ।
    १० वर्षदेखि सञ्चालनमा रहेको साझामञ्च डटकमको प्रकाशक कम्पनी साझामञ्च मिडिया प्रालिका अध्यक्षसमेत रहेका मन्त्री कार्कीलाई विशेष कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरिएको हो ।
    संस्थाका उपाध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा सञ्चालित समारोहमा मन्त्री कार्कीलाई माला र खादा ओढाएर बधाई तथा शुभकामना पत्र प्रदान गरिएको हो ।

    बिर्तामोडको ग्राण्ड प्यासिफक होटलमा आयोजित विशेष कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदनकुमार बुढाथोकी, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, शिक्षासेवी मोहन ओली, तोया काफ्ले लगायत राजनीतिक एवम् सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
    संस्थाका कार्यकारी प्रमुख तथा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले‌ सञ्चालन गरेको सो कार्यक्रममा उनले बधाई तथा शुभकामना पत्र वाचन गरेका थिए ।

    Advertisement

    स्वागत तथा बधाई ग्रहण पछि संक्षिप्त मन्तब्य राख्दै मन्त्री कार्कीले कोशी प्रदेशका जनताले प्रकट गरेको अभिमतबाट यहाँका राजनीतिक दलहरुलाई मिलेर जान निर्देश गरेको बताए । कोशी प्रदेशको अस्थिर राजनीतिक अवस्थालाई स्थिर बनाउन मुख्य राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको उनको भनाई छ ।
    यसैबीच बिर्तामोड ८/९ मा रहेको गृह गाउँ गरामनीमा पनि स्वागत तथा अभिनन्दन गरिएको छ ।
    लामो समय साबिक गरामनी गाबिसको नेतृत्व गरेका कार्की जनप्रिय नेताको रुपमा चिनिन्छ्न ।
    गरामनी बासीको तर्फबाट गरिएको अभिनन्दनमा वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल ,स्थानीय हरि पाण्डे ,प्रेमकुमारी सिटौलाले शुभकामना राखेका थिए । कार्यक्रमको संचालन किशोर भट्टराईले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.