बिर्तामोड । विश्वकर्मा पुजामा जय माता ट्रेडर्स बिर्तामोडले प्लम्बरहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा जयमाता ट्रेडर्सले आफ्नो पसलको लोगोअंकित टिसर्ट वितरण गरेको थियो । करिब ३० जना प्राविधिकहरुको उपस्थिति रहेको कार्यक्रममा भाग्य चिठ्ठा कार्यक्रमअन्तर्गत हात खाली नजाने पुरस्कारहरु पनि वितरण गरिएको थियो । प्राविधिकहरुलाई आवश्यक पर्ने टेक्निकल औजारहरु पुरस्कारको रुपमा राखिएको थियो ।

साथै सोही कार्यक्रममा प्लम्बर लेखनाथ अधिकारीले २० बर्षअघि आफूले पहिलो पटक काम सिकेको भन्दै ज्येष्ठ प्लम्बर राम बस्नेतलाई सम्मान गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रोपाईटर रमेश नेपालले गरेका थिए भने कार्यक्रम सञ्चालन अर्का प्रोपाईटर राज अधिकारीले गरेका थिए ।
प्रोपाईटर नेपालले लामो समय अरुकै पसलमा काम गरेका थिए । मजदुर र व्यावसायिको समन्वय र सम्मान भएमा मात्र व्यावसायिक सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदेश्यले प्रत्येक बर्ष मजदुर सम्मान तथा भेटघाट कार्यक्रम गर्दै आएको उनले बताए ।







