बिर्तामोड ५ मा रहेको न्यूटन्स एकाडेमीले ५९ औं राष्ट्रिय वाल दिवसको अवसरमा प्रि-पाइमेरीका विद्यार्थीहरुको सांस्कृति कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षता तथा अभिभावक संघ इकाई अध्यक्ष नरेश भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिद्यालयका शिक्षक सावित्रा चापागाइँले स्वागत गरेकी थिइन्।
बालबालिकाले नृत्य ,गित तथा विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए । बालबालिकाको रचनात्मक क्रियाकलाप लाई प्रोत्साहन गर्न तह अनुसार कार्यक्रम गरिएको प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए ।
बिद्यालय डाईरेक्टर आशिष प्रसाईं,बाल क्लब फोकल पर्सन मिनु शिवाकोटी ,इन्चार्ज परासर दाहाल लगायतको उपस्तिथि रहेको कार्यक्रमको संचालन शृजना घिमिरेले गरेकी थिइन् भने विद्यार्थी कक्षा यूकेजीका अमिन योङयाले स्वागत गरेका थिए ।







