• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दाहसंस्कारमा अर्जुनधारा ८ र कनकाई घाटबीच सम्झौता


  •    संवाददाता/ शुक्रबार, भदौ १५, २०८०  

  • अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयले मृत्युपछि गरिने दाहसंस्कार कर्मलाई सहजता प्रदान गर्ने उद्देश्यले सामाजिक कार्यमा पहल गरेको छ । वडाबासीको मृत्युपछि धार्मिक स्थल कनकाई घाटमा गरिने दाहसंस्कारमा लाग्ने खर्च वडा कार्यालयले व्यहोर्ने गरी कनकाई घाट संस्थासँग सम्झौता गरेको हो ।

    यसका लागि संस्थाका कार्यालय सचिव खेमराज सिवाकोटी र वडाध्यक्ष उप्रेतीले शुक्रबार सम्झौता गरेका छन् । यस सम्झौतापछि दाहसंस्कारमा लाग्ने ४ हजार ५ सय रुपैयाँ वडा कार्यालयले व्यहोर्ने छ । यसका लागि वडाका सिफारिस वा वडाध्यक्ष तथा वडा सचिवले सम्बन्धित निकायमा फोन सम्पर्क गर्नेछन् । मानवीय सम्वेदनालाई ध्यानमा राख्दै मृत्युपरोन्त पनि सम्मान व्यक्त गर्न वडाबासीका लागि सम्झौता गरिएको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले बताए । ८ नम्बर वडाबासीको मृत्युपछि गरिने दाहसंस्कारमा लाग्ने दाउरा र सरसफाइ शूल्क वडा कार्यालयले व्यहोर्ने सम्झौतामा उल्लेख छ । सम्झौता २०८१ असार मसान्तसम्म लागु हुनेछ भने आवश्यकताअनुसार पुनः सम्झौता गरिने भएको छ । यसैगरी, वडा कार्यालयले गत वर्षदेखि नै वडाका विपन्न परिवारका सदस्यको मृत्यु संस्कारमा सहयोग पुर्याउने उद्देश्यले नगद ५ हजार सहयोग गर्दै आएको छ ।
    अर्जुनधारा ८ नम्बर वडाले नगरपालिकाको केन्द्र शनिश्चरे बजार क्षेत्रसमेत ओगटेको यस वडामा बजार सौन्दर्यकरण, सार्वजनिक शौचालय निर्माण, कृषि तथा सिँचाइ पूर्वाधारका योजनाहरू, अन्य भौतिक पूर्वाधार विकास, सुरक्षा व्यवस्था, निःशुल्क इन्टरनेट पहुँच विस्तारमात्रै नभएर रोजगारमुलक र क्षमता विकाससम्बन्धी अनेकन् तालिमहरूको आयोजना गरी मानव संशाधन विकासमा अघि बढेको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.