• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झाडीमा भेटिएको शिशुको हकदाबीका लागि आह्वान


  •    संवाददाता/ शुक्रबार, भदौ १५, २०८०  

  • भदौ १५ । झाडीमा भेटिएको नवजात शिशुको हकदाबीका लागि आह्वान गर्दै भद्रपुर नगरपालिकाले सात दिने सूचना निकालेको छ ।

    गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका– ७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा बेवारिसे अवस्थामा शिशु (छोरा) फेला परेको थियो ।

    Advertisement

    हालसम्म पहिचान नखुलेको शिशु अन्दाजी १२ देखि १४ दिनसम्मको जस्तो देखिने, हरियो रंगको च्यादरमा सुताइएको, सेतो रगको पन्जा, टोपी, भेष्ट र निधारमा कालो टिका लगाएको अवस्थामा फेला परेको थियो । त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा लगेको थियो । नवजात शिशुको हालसम्म बुवाआमा, अभिभावको पहिचान हुन नसकी सोही अस्पतालमा उपचाररत रहेको ब्यहोरा जिल्ला प्रहरी कार्यालय झापाको अपराध अनुसन्धान शाखाको पत्रबाट लेखिआएको र मेची प्रादेशिक अस्पतालको स्वास्थ्य प्रतिवेदन अनुसार रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्ण स्वस्थ्य रहेको शिशु हाल मेची प्रादेशिक अस्पतालको पोषण गृहमा रहेको छ ।

    Advertisement

    उक्त नवजात शिशु कसको हो ? सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो शिशुको पर्याप्त प्रमाण कागजातसहित हकदाबी गर्न आउन हुन वा थप जानकारीका लागि भद्रपुर नगरपालिकाको बाल कल्याण अधिकारी जीवनकला राउतसँग सम्पर्क गर्नु हुन नगरपालिकाले शुक्रबार निकालेको सात दिने सूचनामा उल्लेख छ ।

    सात दिनभित्र कोही पनि हकदाबीका लागि नआएको खण्डमा फेरि तीन दिने सूचना प्रकाशन गरिने नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बताइन् । ‘दोस्रो पटकको सूचनामा पनि कोही सम्पर्क नआए शिशुको अभिभावकत्व ग्रहणका लागि आमाबुबा बन्न नसक्ने अभिभावकहरू अदालती प्रक्रियामा जान मिल्छ,’ उनले भनिन्, ‘अदालतबाट प्रक्रिया पूरा गरी आएको अभिभावकलाई मात्र नगरपालिकाको संरक्षणमा रहेको शिशुलाई जिम्मा लगाउन मिल्छ ।’

    यतिकै कसलाई शिशु जिम्मा लगाउन नपाइने कानुनमा उल्लेख रहेको उनले बताइन्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.