राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह अन्तर्गत सम्माननिय रास्ट्रपति बाट निर्देशक सुदर्शन थापालाई विशेष योगदान सम्मान – २०८० का साथै सुदर्शन थापा द्वारा निर्देशित चलचित्र “प्रसाद २” लाई विशेष चलचित्र पुरस्कार प्रदान गरिएको छ। शीतलनिवासमा आयोजित समारोहमा मुख्य विधा बाहेकका आठ विधामा पुरस्कार बाँडिएकाे हाे । राष्ट्रिय चलचित्र पुरस्कारको इतिहासमा मुख्य विधा विना अवार्ड वितरण गरिएको यो पहिलो घटना हो । पटकथा, छायांकन, सम्पादन, अभिनेत्री, अभिनेता, निर्देशक, आदिवासी जनजाति र जुरी अवार्ड मात्र वितरण गरिएको थियो ।
Advertisement







