• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तपाईको आज


  •    संवाददाता/ मङ्गलबार, कार्तिक ११, २०७७  

  • वि.सं. २०७७ कात्तिक ११। मंगलवार। इ.स. २०२० अक्टोबर २७। ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। एकादशी, १२:२५ उप्रान्त द्वादशी ।उपप्रा. लक्ष्मीप्रसाद बराल

    मेष – ARIES

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    Advertisement

    कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। अचल धनको उपयोगबाट सामान्य फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आफ्नो रकम अरुले प्रयोग गर्लान्। आम्दानी सुरक्षामा समस्या पर्न सक्छ।

    Advertisement

    वृष – TAURUS

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    विशेष कर्म प्राप्तिको योग छ। अवसर जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। सामाजिक जिम्मेवारी बढ्न सक्छ। विशिष्ट व्यक्तिको सहयोगले आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। नाम, दाम र इनाम हातलागी हुनेछ।

    मिथुन – GEMINI

    का, कि, कु, घ, ङ, छ, के, को, ह

    सम्भावना र अवसर खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ।

    कर्कट – CANCER

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    स्वास्थ्य कमजोर रहनेछ र प्रतिकूल परिस्थितिसँग जुध्नुपर्ने हुन सक्छ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। तर, सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ। आम्दानी भए पनि परिस्थिति खर्चिलो रहनेछ।

    सिंह – LEO

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। नयाँ काम प्रारम्भ हुनेछ। नयाँ कामतर्फ अग्रसर हुने समय छ।

    कन्या – VIRGO

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    भौतिक साधन जुट्नाले काम बन्नेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन्। विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। प्रतिष्ठित काम शुभारम्भ हुनेछ।

    तुला – LIBRA

    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

    वृश्चिक – SCORPIO

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।

    धनु – SAGITTARIUS

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरू समेत सहयोगी बन्न सक्छन्।

    मकर – CAPRICORN

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

    कुम्भ – AQUARIUS

    गु, गे, गो, सा, सि, सु, से, सो, द

    रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने तारिफयोग्य कामले नाम र दाम दिलाउन सक्छ।

    मीन – PISCES

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    काम खर्चिलो बन्न सक्छ। सानो उपलब्धिका लागि ठूलो वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। केही खर्च बढ्नेछ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर भने प्राप्त हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.