बिर्तामोड । २ सय १० औं भानुजयन्तीको अवसरमा एमिटी माध्यमिक विद्यालयमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका विद्यार्थीले रामायणका कविताका श्लोकहरू वाचन गरिएका थिए । कार्यक्रममा विद्यार्थीहरुमा कविता, प्रतिभाको प्रतियोगिता गराईएको थियो ।
नेपाली मौलिक काव्यलयको बिकास, नेपाली कवि तथा साहित्यकारहरुको परिचय गराउने उद्देश्यले प्रतियोगितात्मक कविता वाचन गराइएको बाल क्लब फोकल पर्सन टीका ढकालले जानकारी दिईन् ।
आधारभुत र माध्यमिक तह अन्तरगत गरिएको प्रतियोगितामा
प्रथम आराध्य दुलाल,द्वितीय एरिका ओली,आरोही चापागाइँ,तृतीय प्रसन्न दहाल , विश्वदीप मैनाली, स्वस्तिका सुवेदी , गरिमा रोक्काले पुरस्कार तथा मायाको चिनो प्राप्त गरेका थिए ।
यस्तै माध्यमिक तहमा प्रथम आरती भट्टराई,द्वितीय प्रियम्वदा रिजाल,तृतीय गरिमा मैनाली विजयी भएका छन् ।
विद्यालयका प्रधानाध्यापक आर एस ढकालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शिक्षक अशोक गणेशले गरेका थिए ।







