बिर्तामोड । २ सय १० औं भानु जयन्तीको अवसरमा न्यूटन्स् एजुकेशन एकाडेमीमा विविध कार्यक्रम गरि मनाईएको छ ।
बिद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले रामायणको सुन्दरकाण्डको पाँचौ श्लोक वाचन गरि आदिकवि भानुभक्त आचार्य लाई सम्झिएका हुन् ।
प्रधानाध्यापक देवेन्द्र हुमागाईले भानुभक्तको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए । कक्षा ८ कि छात्रा मिनिसा वरफोङले कार्यक्रम माथी प्रकास पारेकी थिइन् । शिक्षक खेमनाथ दाहालले रामायण प्रथम श्लोक वाचन संगै बालबालिकाले श्लोक तथा रचना वाचन गरेका थिए ।
विद्यालयले हरेक बर्ष अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक शिक्षक तिला परियारले जानकारी दिईन् । नेपाली साहित्य संग बालबालिकालाई जोड्न कार्यक्रम गरिएको शिक्षक रचना खरेलले बताइन् ।
कार्यक्रमको संचालन बाल क्लब फोकल पर्सन मिनु शिवाकोटीले गरेकी थिइन् । 







