बिर्तामोड । बिर्तामोड नगरपालिका वडानम्बर २ स्थित गोकुलजोशी मार्ग निर्माणका क्रममा एक जनाको मृत्यु भएको छ ।
संघीय शहरीसधन आयोजना अन्तरगत निर्माणाधीन सडक निर्माणका क्रममा खाल्टोमा जमेको पानी निकाल्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको ज्यान गएको र प्रहरी घटनास्थल पुगेको वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।
मृतक बिर्तामोड ३ शैनिकमोडका धनबहादुर राजबंशी रहेको स्थानीयले बताएका छन् ।
Advertisement







