• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कार पोख्रेल लाई प्रदान गरिने, राइजिङ स्टार पुरस्कार अधिकारी, साँखी र योञ्जनलाई


  •    संवाददाता/ बुधबार, असार ०६, २०८०  

  • ६ असार, झापा । द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपाल समेतको समन्वयमा पहिलोपटक वितरण गर्न लागिएको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार यसपटक प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललाई प्रदान गरिने भएको छ । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक हुन् ।

    उक्त पुरस्कारबाट पूर्व पुरस्कृत माधव बिद्रोहीको संयोजकत्वमा गठित छनोट समितिले सो निर्णय गरेको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जनाएका छन् । प्रेस चौतारी झापाले १७ वर्ष अगाडि स्थापना गरेको सो पुरस्कार आज पाँचौं पटक वितरण हुनेछ ।

    Advertisement

    यसअघि सो पुरस्कारबाट लीला बराल, शिव गाउँले, माधव बिद्रोही र रघु मैनाली पुरस्कृत भइसकेका छन् । उक्त पुरस्कार भोलि असार ६ गते द्रोणाचार्यको ३०औं स्मृति दिवसमा वितरण गरिने कार्यक्रम छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ र सम्मानपत्र रहेको प्रतिष्ठानका सदस्य तथा छनोट समितिका सदस्य सन्तोष आचार्यले जनाएका छन् ।

    Advertisement

    यसैगरी प्रेस चौतारी झापाले स्थापना गरेको राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट तीनजना नवोदित झापाली पत्रकारहरु पुरस्कृत हुने भएका छन् । हिमशिखर टेलिभिजनका पत्रकार सुदिप अधिकारी, रेडियो भिजनका पत्रकार अस्मिता साँखी र खबरखेती डटकमका तिलक योञ्जनलाई राइजिङ स्टार चुनिएको छनोट समितिका सदस्य तथा संगठनका पूर्व अध्यक्ष टिकाराम उप्रेतीले जानकारी दिए ।

    उक्त पुरस्कार प्रेस चौतारी झापाको वार्षिक साधारणसभा समारोहमा असार ६ गते दिउँसो काँकरभिट्टामा हस्तान्तरण गरिने छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यका लागि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई आमन्त्रण गरिएको जनाइएको छ । पुरस्कारको नगद राशी जनही ५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.