बिर्तामोड नगरपालिकाका विद्यार्थीहरुको बौद्धिक प्रतिभा पहिचान अन्तर्गत कविता र निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । 
मंगलबार बिर्तामोड स्थित न्युटन्स् एजुकेशन एकाडेमीको सभाहलमा आयोजित कार्यक्रममा शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख तिलचल भण्डारीले बालबालिकाको अन्तर निहित क्षमता उजागर गर्न कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
नगरपालिकाले सामुदायिक तथा संस्थागत बिद्यालय र बालबालिका लाई कुनै विभेद नगरी समान सहभागीताका आधारमा कार्यक्रम संचालन गर्दै आएको बताउनु भयो ।
न्युटन्स् एकडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाईले स्वागत गर्नु भएको कार्यक्रममव लिला भण्डारी ,बिषय बिज्ञ कबिता तर्फ मिलन ढुंगाना र निबन्ध टीका सुवेदीले प्रकाश पार्नु भएको थियो ।

बार्षिक कार्यक्रम अन्तरगत संचालित प्रतियोगिता आगामी असार १ गते सम्पन्न गरिने शिक्षा शाखा प्रमुख भण्डारीले जानकारी दिनु भयो ।







