बिर्तामोड, १२ जेठ । खेलकुद विकास समिति बिर्तामोड-२ की अध्यक्ष कमला लिम्बूले विद्यार्थीलाई झोला वितरण गरेकी छन् ।
बिर्तामोड नगरपालिका वडा नं.२ चारपानेमा रहेको साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका १४ जना र वीर अमरसिंहका २० जना विद्यार्थीलाई लिम्बूले बिहीबार झोला वितरण गरेकी हुन् ।
उक्त झोला वितरण कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेल, वडा सचिव हिमा अधिकारी , विद्यालयका प्रधानाध्यापक शिक्षक र विद्यार्थी लगायतको उपस्थिति रहेको थियोे ।

सो अवसरमा बोल्दै खेलकुद विकास समितिकी अध्यक्ष लिम्बूले विद्यार्थीहरुलाई झोला वितरण गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।
उक्त अवसरमा वडाध्यक्ष किशोरकुमार पौडेलले सहयोगी लिम्बू लाई धन्यवाद दिदै बालबालिका लाई लगानी गरे असल नागरिक उत्पादनमा सहयोग पुग्ने बताए ।







