झापा । बिर्तामोड २ स्थित बाल कल्याण बिद्यालयमा दिपशिखा दासको अध्यक्षतामा बाल क्लब गठन गरिएको छ ।
बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच बाल कल्याण बाल क्लब गठन गरिएको हो । बिर्तामोड नगरपालिका वडा नम्बर २ ले बाल मैत्री वडा घोषणा कार्यान्वयन अभियान अन्तरगत क्लब गठन गर्दै आएको छ ।
क्लबको उपाध्यक्ष रेलिसा प्रधान ,सचिब सन्ध्या न्यौपाने ,सह-सचिब समृद्धि खड्का,कोषाध्यक्ष प्रिमोश खतिवडा चयन भएका छन् ।
यस्तै क्लबको सदस्यमा देवि हेमरम, निशा वास्के,अनुसा सिटौला,अनमोल थापा,विपिन ढकाल,शृष्ट्री दाहाल,अनुष्का भट्टराई,रितिका बुढाथोकी,हमराज राजबंशी, समृद्धि खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।
क्लबले संरक्षकमा प्रधानाध्यापक दुर्गादेबी कडेल र फोकल पर्सनमा तिर्थराज बस्नेत लाई तोकिएको अध्यक्ष दासले बताईन । कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए । सो वडामा ४ वटा सामुदायिक सहित ९ वटा बिद्यालय संचालनमा रहेका छन् ।







