झापाको हल्दिबारी गाउँपालिका माछामा जिल्लालाई नै आत्मनिर्भर बनाउने तर्पm उन्मुख भएको छ । हल्दीबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि भन्ने अभियानमा लागि परेका जनप्रतिनिधिले आगामी पाँच वर्षभित्र ‘हल्दीबारीको बाचा झापाभरि माछा’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने योजनालाई निरन्तरता दिइरहेका छन् ।
किसान पनि स्वदेशमै माछापालन व्यवसायबाट आत्म निर्भर हुन पाउँदा खुसी भएको महसुस गरिरहेका छन् । स्थानिय तहमा जनप्रतिनिधी आए पछि किसानलाई अनुदान लगाउतका कुरामा सहजता ल्याएको हल्दिबारी ४ का किसान सैलेन्द्र सिटौला बताउँछन् ।
धान मकै लगायत अन्य बाली भन्दा माछापालनमा राम्रो आम्दानी हुने भएर पनि किसानहरु यस तर्फ आकर्सित भइरहेका छन् । स्थानिय उत्पादनलाई प्राृत्साहन गर्ने हो भने राम्रो आम्दानी लिन सकिने माछा पालन व्यवसायमा लागेकाहरु बताउँछन् ।
स्थानिय सरकारले पनि माछा पालनमा राम्रा योजना बनाएको बताउने किसानहरु बजारको समेत व्यवस्था गरिदिन हल्दिबारी २ का किसान सञ्जिव राई गर्छन् । गाउँपालिकाले पालिका भित्र माछा व्लक कार्यक्रामनै सञ्चालन गरिरहेको छ । व्लक कार्यक्रम मार्पत गत आर्थिक वर्षमा प्रदेश सरकार मार्फत हल्दिबारीमा ९० लाख रुपैया बजेट छुटीएको थियो । जसमा कोरोना भाइरसको समस्या र त्यसपछि अत्याधिक वर्षा भएका कारण पालिकाले २८ लाख रुपैया मात्र सदुपयोग गरेको छ ।
यस वर्ष व्लक कार्यक्रम मार्पत हल्दिबारीमा ३० लाख रुपैया बजेट छुटिएको छ । माछा पकेट कार्यक्रम मार्पmत हल्दिबारीले १५ लाख रुपैया बजेट छुट्याएको छ भने उक्त रकम बाट स्थानिय किसानलाई धेरै राहत मिलेको माछा व्लक कार्यक्रम हल्दिबारीका अध्यक्ष कृष्ण प्रसाद प्रसाइ बताउँछन् ।
गाउँपालिकाले ९० बिगाह क्षेत्रफलमा माछा पोखरि खन्ने योजना बनाएको छ । हालसम्म हल्दिबारी गाउँपालिका भित्रका ४८ जना माछा पालक कृषक पालिकामा सुचिकृत भइसकेका छन् । अन्य धेरै क्षेत्रफलमा माछा पालन भएपनि लगभग ५० बिगाह क्षेत्रफल अहिले स्थानिय तहमा सुचिकृत छ ।
गाँउपालिकाले नयाँपोखरीको बिस्तारमा बिशेष फोकस गरेको र यान्त्रिकिकरणलाई जोड दिएको हल्दिबारी गाउँपालिका कृषि तथा पशु सेवा शाखा प्रमुख सानुमाया श्रेष्ठ बताउँछिन् ।
“हल्दीबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि” भन्ने मुल लक्ष्य प्राप्ति गर्न गाउँपालिकाबाट यस क्षेत्रभित्रका विपन्न तथा उद्यमशील कृषकहरुलाई स्वीकृत बजेटको परिधि भित्र रही अनुदान समेतको व्यवस्था गरी मत्स्य पालन उद्यम मार्फत व्यवसायिक बनाउदै उनीहरुको जीवनस्तर क्रमश अभिवृद्धि गर्दै जाने र आगामी ५ वर्षभित्र झापा जिल्लालाई नै माछा उत्पादनमा आत्मनिर्भर गराउने सोचका साथ दोस्रो गाउँसभाबाट पारित “हल्दीबारीको बाचा, झापाभरी माछा” कार्यक्रम कार्यान्वयन गर्नका लागि सभाले दिएको अधिकार प्रयोग गरी हल्दीबारी गाउँ कार्यपालिकाले यो कार्यविधि तर्जुमा गरी लागु गरेको छ ।
किसानको खुसी पशुपालन र कृषि रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनप्रतिनिधीको योजना रहेको छ । गाउँपालिकाले ‘एक घर एक करेसाबारी’ कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ ।पनि उत्पादित माछाले बजार नपाएको प्रति उनीहरुको गुनासो छ । भारतबाट आयात भइरहेका मरेका माछाले नेपालमा उत्पादन भएका माछाको बजार बिगारेको किसानको गुनासो छ ।







