अयोग्य लडाकूलाई २-२ लाख दिने निर्णयविरूद्ध नेकपा एमाले निकट भ्रातृसंगठन राष्ट्रिय युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ।
शनिबार अपरान्ह काठमाडौंको नयाँ बानेश्वरमा दुई लाख दिन गृह मन्त्रालयको कार्यविधि खारेजीको माग राख्दै पुत्ला दहन गरेको हो।
त्यसक्रममा उनीहरूले लडाकूको नाममा अर्बौं घोटला गर्न खोजेको भन्दै सरकारविरूद्ध नाराबाजी गरेका थिए।
Advertisement
अयोग्य लडाकूहरूको नाममा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको गर्ने चेतावनी युवा संघका अध्यक्ष क्षितिज थेबेले दिए।
लडाकूलाई रकम दिन ल्याइएको कार्यविधि खारेज नभएसम्म आफूहरूले प्रदर्शन गर्ने समेत चेतावनी दिए।







