• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाल्यकाल

"एक लघुकथा "

  •    सन्तोष बराल/ बुधबार, कार्तिक ०५, २०७७  

  • एकाबिहानै फोनको घण्टी ले मलाई बिउँझाउँछ । झस्केर बिउँझदै फोन उठाउँछु, अँ अँ अ हलो !
    ए सन्तोष बिहान भएन उठेको छैनस् ।
    ए निरज तँ पो ।
    अँ भन उठ्ने बेला हुदै छ । अनि सुना के छ पृथ्बि लोकको स्वर्गको खवर ? आज किन बिहानै सम्झिस त साथी ?
    निरजः आज धेरै नै याद आई रहेको छ दिउँसो नै फोन गरुँकि भनेको त्यहाँ मध्य रात भनेर ऐले गरेको । दशैँ कस्तो आयो ? के छ तयारी ? बैगुधुरामा ढाईस हुन्छ कि हुदैन आजकाल ? रमाईलो मेला ? अनि किन मेल गरियो ?
    सन्तोषः त्यस्तो केहि छैन साथी बिगत जस्तो, नरमाईलो छ यो बर्ष । त्यो सबै बिगत भो अब । ९ महिना भो मैले पढाउने बिध्यालय बन्द भएको । पढाउने कुरा त के बिध्यालय बिर्सने बेला भो, बिध्यालय बन्द हुनु भन्दा तिन महिना अघि को तलब पाएको छैन। तलब दिने संचालकको समस्या झन काहाली लाग्दो छ । बैक लोन, साँवा, ब्याज के भन्ने,कसरी भन्ने । अँ साथी भन तेरो के छ पृथ्बि लोकको स्वर्ग अमेरीकामा के छ, सुख शान्ती सम्बृदी ?

    “म सानो छँदा ठुलो हुन चाहान्थे, अहीले म सानो हुन चाहान्छु । समयले मलाई ठुलो बनायो तर म लाई कसैले सानो बनाउन सक्दैन, बाल्यकालमा फर्काउन सक्दैन ।”

    Advertisement

    के हुनु हामी एउटै पृथ्बिमा छौ म कोरोना संक्रमण भएर हाल एकान्तबासमा छु । एक्लो हुदा मन टाढा टाढा पुग्दो रहेछ, बढि सम्झना आउँदो रहेछ । बाँधमा पौडी खेलेको, स्कुल अगाडीको सिसौ घारीमा मोजा गोल बाजि खेलेको, कलिला आँप लिच्चि चोरेको खाएको, लडाई झगडा गरेको, माटो खेलेको, गुच्चा खेलेको पन्ना मारीमा नयाँ कपि पुरै हारेको सम्झनाले रुवायो ।
    राम्रो सुन्न र खुसि हुन फोन गरेको हुँ । मेरो हातमा एउटा यन्त्र जडान गरीएको छ यसले मलाई निगरानि गर्छ । दैनिकि खानपिन सरकारको नियन्त्रणमा छ ।
    उधारो मा फसेको जिवनमा पस्चाताप छ, ब्यस्त सहरमा हराएको दश बर्ष भो बिर्सिएको बिगत सम्झायो । पढ्न आएको म बसाईका लागि, पढाईका लागी, डा. उपाधिका लागि, त्यसै गर्दा गर्दै उधारो जिवनमा अभ्यस्त भएछु । महिना भरी उधारोमा जिवन चलाउने तलब आएपछी भुक्तानी । फेरी चक्र चलीरहन्छ ।
    यो जिवन फसेको छ साथी अमेरीकामा । मलाई ज्ञात छ, मेरो शिक्षा अनुकुलको पेसा नेपालमा छैन ।कृषि र पशुपालन एकल प्रयत्न, पुर्वाधार र पारीवारीक समर्थन ले दिदैन ।
    त्यसैले म ज्ञात भुलमा छु । यर्थाथ लाई बुझेको थिएँ। कोभिडले अझ नजिक बाट सम्झायो साथी । म बिकल्प हिन छु । यहिँ बस्न मन मान्दैन ब्यवाहार छोड्न सक्तिन ।
    म सानो छदा ठुलो हुन चाहान्थे,अहीले म सानो हुन चाहान्छु । समयले मलाई ठुलो बनायो तर मलाई कसैले सानो बनाउन सक्दैन, बाल्यकाल मा र्फकाउन सक्दैन ।
    घुक्क् घुक्क् रुहाईको आवाज आउँछ ।
    म पनि मन थाम्न नसकेर फोन काट्छु ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.