• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘बालबालिका र शिक्षा’ अब मोरङबाट पनि


  •    संवाददाता/ शुक्रबार, असोज २३, २०७७  

  • बिर्तामोड । कोरोना महामारीका कारण विद्यालय बन्द भएका बेला पनि बालबालिकालाई सृजनशील बन्न प्रेरित गर्ने उदेश्यले प्रसारण हुँदै आएको रेडियो कार्यक्रम बालबालिका र शिक्षा मोरङको रेडियो रिदमबाट पनि प्रसारण हुने भएको छ । मोरङको पथरीबाट प्रसारित रेडियो रिदम ९९.७ मेघाहर्जबाट शुक्रबार बेलुकी ७ः३० र पुनः प्रसारण शनिबार बिहान ९ः३० बजे प्रसारण हुने रेडियो रिदमका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए ।

    हाल झापाको रेडियो आँगन एफएम ८९.६ मेगाहर्ज र इलामको रेडियो फिक्कल ९०.६ मेगाहर्जबाट पनि कार्यक्रम प्रसारण हुदै आएको छ । लामो समय विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा नकारात्मक असर पर्नुका साथै मनोबैज्ञानिक प्रभाव पनि पर्ने भएकाले रेडियो कार्यक्रम मार्फत बालबालिकामा सकारात्मक सन्देश संचार गर्न खोजिएको कार्यक्रम निर्देशक सरोज पौडेलले बताए ।
    ग्लोरी इंग्लिस स्कुल बिर्तामोड, फक्तालुङ्ग एजुकेसन फाउन्डेसन कनकाई, वेल्स मोडल स्कुल बिर्तामोड, दुर्गा माध्यमिक विद्यालय बिर्तामोड र वीर अमर सिंह प्राविधिक बिद्यालय बिर्तामोडसँगको सहकार्यमा कार्यक्रम उत्पादन हुदै आएको छ ।

    Advertisement

    कार्यक्रमले विद्यार्थीहरुमा चेतनाको बिकास र अपन्त्व महसुस हुने बिद्यालय संचालकहरुको भनाइ रहेको छ । साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रममा शैक्षिक गतिविधिहरु र बालबालिकाका प्रतिभाहरु समेटिनेछ । यस्तै कोरोना महामारिका कारण सिर्जित विषम परिस्थितिको समयलाई कसरी सदुपयोग गर्ने र यस कार्यक्रमबाट बालबालिकामा सकारात्मक सन्देश जाने भएकाले कार्यक्रम प्रसारण गर्न लागिएको रेडियो रिदमका कार्यक्रम संयोजक सरोज निरौलाले जानकारी दिए । संचारकर्मीहरु पुष्पा लिम्बु, चेतन लामिछाने, सञ्जु शिवाकोटी लगायतको टिमले सञ्चालन गर्ने कार्यक्रममा बालबालिका, अविभावक तथा शिक्षकको आवाज समेत समेटिने छ ।

    Advertisement

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका ब्यक्तिहरुको सफलताको कथा उनीहरुकै आवाजमा ‘मेरो कथा’ स्तम्भ मार्फत प्रस्तुत गरिनेछ । शिक्षा क्षेत्रका जानकारहरुसँगको बहस समेत समेटेर एक पूर्ण बालबालिका केन्द्रित शैक्षिक कार्यक्रम उत्पादन गरिने आँगन एफएमकी समाचार संयोजक पुस्पा लिम्बुले बताईन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.