झापा । फक्ताङ्लुङ एजुकेशन फाउन्डेसनले एसईई विद्यार्थी लाई सम्मान सहित बिदाई गरेको छ ।
झापाको कनकाइ नगरपालिका-७ मा रहेको बिद्यालयले विद्यार्थीहरु उज्वल भबिस्यको कामना गर्दै मायाको चिनो समेत बितरण गरिएको प्रधानाध्यापक ओम बिक्रम नेङ्वाङ्ले जानकारी दिए ।
आज सम्पन्न भएको परिक्षा संगै आगामी दिनको सुखद यात्रामा बिद्यालय परिवार सहयात्री हुने भएकाले सो कार्यक्रम गरिएको नेङ्वाङले बताए ।
अन्तरास्ट्रिय अवार्ड समेत प्राप्त गर्न सफल कन्काई नगरपालिकाको उत्कृष्ट बिद्यालयको रुपमा परिचित छ।
कार्यक्रममा सह-प्रधानाध्यापक लक्ष्मी अधिकारीले शुभकामना राखेका थिए ।
कार्यक्रममा शिक्षक र परिक्षामा सहभागी विद्यार्थीको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक नेङ्वाङले अब विद्यार्थी मात्र नभएर समाजको असल नागरिक भएर समाज रुपान्तरणको कर्ता भएर काम गर्न सुझावका थिए ।







