• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्सका विद्यार्थीलाई ट्राफिक सचेतना शिक्षा


  •    संवाददाता/ बिहिबार, चैत ०२, २०७९  

  • बिर्तामोड । वीरता लेडी जेसीजले बुधवार झापाको बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकाडेमीमा अध्ययनरत विद्यार्थीका लागि जेसीजले सचेतना कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रममा अध्यक्ष संगिता गिरीले आफन्त गुमाउँदाको पीडालाई ध्यानमा राखेर घरमा अरु कसैले पर्खिरहेको छ भनेर सम्झिनु पर्ने बताइन् । ‘दुर्घटना कम गर्ने विषयमा हामी सबैको चासो र चिन्ता छ’, कार्यक्रममा अध्यक्ष गिरीले भनिन्, ‘अव सबैजना अझ बढी सचेत र जिम्मेवार हुने बेला आएको छ ।’

    कार्यक्रमका प्रमुख अतिथि न्युटन्स एजुकेसन एकाडेमीका प्रधानाध्यापक देवेन्द्र हुमागाईले ट्राफिक सचेतना शिक्षालाई विद्यालय तहमा अनिवार्य लागू गर्नु पर्ने बताए ।

    Advertisement

    ‘हरेक विद्यालयमा ट्राफिक सचेतना शिक्षा दिइनु पर्छ’, प्रिन्सिपल हुमागाईँले भने । उनले नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा पनि ट्राफिक सचेतना सम्वन्धी सामग्री समावेश गरिएको जानकारी दिए ।

    Advertisement

    कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव निरीक्षक जीवन कार्कीले दुर्घटनाको वर्तमान अवस्थाका विषयमा प्रकाश पारेका छन् ।

    दुर्घटनामा युवाको बढी ज्यान जाने गरेको तथ्यांक प्रस्तुत गर्दै प्रनानि कार्कीले सवारी चालकको लापरवाहीले मानवीय क्षतिका घटना बढिरहेको बताए ।

    उनले सवारी अनुमति पत्र नलिई सवारी चलाउँदा भएको दुर्घटना र त्यसले परिवारमा पारेको प्रभावका विषयमा उदाहारणसहित विद्यार्थीलाई ट्राफिक सचेतना शिक्षा दिएका छन् ।

    प्रनानि कर्कीका अनुसार नेपालमा १७ देखि ३५ वर्ष सम्मका युवा बढी दुर्घटनामा पर्ने गरेका छन्, जसको दुर्घटना ५४ प्रतिशत छ ‌। अपाङ्ग भएर जिउनु पर्दा जीन्दगी भर पछुताउनु पर्ने प्रनानि कार्कीले बताए ।

    कार्यक्रम संयोजकको रुपमा उपाध्यक्ष प्रियंका उप्रेतीले स्वागत मन्तव्य राखेको कार्यक्रममा निवर्तमान अध्यक्ष संगीता चिमरियाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी छन् ।

    कार्यक्रममा पूर्व अध्यक्ष पार्वता विमली खरेल, न्युटन्सका शिक्षक अभिभावक संघका अध्यक्ष नरेशमान भट्टराई शुभकामना मन्तव्य राखेका छन् ।

    महासचिव निशा शाक्यले सञ्चालन गरेको कार्यक्रममा रोजिना पाण्डेले मिसन भिजन र कोषाध्यक्ष सुमित्रा भट्टराईले जेसीज आस्था वाचन गरेका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले सबैभन्दा बढी असोजमा मानवीय क्षतिका घटना भएको देखाएको छ । असोजमा १६ जनाले ज्यान गुमाएका छन् । माघमा सबैभन्दा कम सात जनाको मृत्यु भएको छ ।

    सवारी दुर्घटनामा बालबालिका पनि पर्ने गरेका छन् । अभिभावकसँगै यात्रारत बालबालिकाका झन् जोखिममा रहेको प्रहरी सहायक निरीक्षक यामकुमार खँडका बताउँछन् । उनका अनुसार असोज, मंसीर र पुसमा भएका सवारी दुर्घटनामा चार जना बालबालिकाले ज्यान गुमाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.