प्रतिबन्धित लागुऔषधसहित २ जना युवा झापाको गौरादहबाट गएराति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरादह ३ का २७ बर्षीय प्रमानन्द राजबंशि र सोहि स्थानका २२ बर्षीय राजेश महतो रहेका छन् । उनीहरुको साथबाट १ सय ५८ बोतल ईस्कफ नामक लागु औषध बरामद गरीएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement
प्रहरी चौकि महाभरा र ससस्त्र प्रहरी बल बैगुनधुराको संयुक्त टोलीले उनीहरुलाई मोटरसाईकलसहित बैगुनधुराबाट नियन्त्रणमा लिएको हो । आवश्यक कारबाहिका लागी ईलाका प्रहरी कार्यालय रहेका उनीहरुबिरुद्ध म्याद थप गरी अनुसन्धान अगाडि बढाईने प्रहरीले जनाएको छ ।







