• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

माझी समुदायकाे लदी पूजा सम्पन्न


  •    संवाददाता/ मङ्गलबार, फागुन १६, २०७९  

  • झापाका माझी समुदायले दोमुखामा गरे कोशी पूजा (लदी पूजा)

    बिर्तामोड । झापाका प्रकृतिपूजक माझी समुदायले कोशी पूजा (लदी पूजा) धार्मिक पर्यटकीय स्थल दोमुखामा विविध मौलिक कार्यक्रमसहित सम्पन्न गरेका छन् ।
    माझी समुदायले प्रत्येक वर्ष फागुनको तेस्रो मंगलबार कोशी पूजा (लदी पूजा) पूजा गर्ने गरेको र त्यसै अनुरुप मंगलबार लदी पूजा गरिएको हो ।
    आफ्नो पुख्र्यौली पेशा डुङ्गा चलाउने भएकाले वर्षभरि खोलामा डुुङ्गा चलाउँदा कुनै दुर्घट्ना नहोस्, दैवी विपत्ती नपरोस् भन्ने उद्देश्यका साथ खोला नदी किनारमा विधिपूर्वक पूजा आरधना गर्ने मौलिक परम्परा रहेको नेपाल माझी उत्थान संघ झापाका अध्यक्ष कृष्णबहादुर माझीले बताए ।
    प्रकृतिपूजक माझी समुदायले पानीलाई ईश्वरीय स्वरुप मानी परापूर्वकालदेखि खोला, नदी, तलाउमा पूजा सम्पन्न गरिदै आएको उनले बताए ।
    नेपाल माझी उत्थान संघ झापाका अध्यक्ष कृष्णबहादुर माझीको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख रोषन थोप्राको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति झापाका वरिष्ठ उपाध्यक्ष मणीकुमार माझीले स्वागत गरेका थिए भने जिल्ला सल्लाहकार सदस्य गंगा माझीले स्वागत गीत गाएका थिए ।
    शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कन्काईमाइको किनारमा सफा गरी लिङ्गा गाडी ध्वजा पतकाहरुले सजाई देवीको स्थापना गरी पूजामा केराको पात ओच्छ्याएर दियो, कलश, अक्षता, फूल, पान, सुपारी, मिठाई आदि राखेर भाकल अनुसारको हाँस, परेवा, कुखुरा, बोका, पाठी, राँगा आदिको पञ्चबली दिइएको थियो । पूजास्थलमा प्रमुख अतिथि थोप्राले पूजाआजा गरेका थिए भने उनलाई माझी समुदायका पुरोहित, ज्येष्ठ अभिभावकलगायतले टीका लगाइदिएर आशिर्वाद दिएका थिए ।
    कार्यक्रममा सहभागी वक्ताहरुले सबै जातजातिका पर्वहरुमा नेपाल सरकारले सार्वजनिक विदा दिने गरेको भए पनि माझी जातिको सबैभन्दा ठूलो पर्व कोशी पूजा (लदी पूजा) मा भने सरकारले विदा नदिएको नगर प्रमुख थोप्रासंग गुनासो गरेका थिए ।
    कार्यक्रममा नेपाल आदीवासी जनजाती महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, मानव विकास केन्द्रका अध्यक्ष भरत कुसुवारलगायतले शुभकामना दिएका थिए ।
    कोशी पूजा (लदी पूजा) पहिलो दिन मंगलबार पूजा आरधना, नृत्य, गायन, माझी जातिका भेषभूषा पहिरन, प्रर्दशनी पुख्र्यौली सामग्रीहरुको प्रर्दशनीलगायत गरीएको सुमन माझीले बताए ।
    त्यस्तै बुधबार आफ्ना भाइ, बन्धु, कुल कुटुम्ब, चेलीबेटी, ज्वाई चेला, भान्जा भान्जी, आफन्तजन भेला भई मेलमिलाप गर्ने, शुभकामना आदनप्रदान गर्ने, मिठो मसिनो खान दिने र खाने उनले बताए ।
    पूजामा झापाका सबै पालिका साथै मोरङ, इलाम लगायत भारतको दार्जिलिङबाट अतिथि तथा सहभागीहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रमको सञ्चालन नेपाल माझी उत्थान संघ झापाका सचिव बलबहादुर माझी, शान्ती माझीले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.