तेस्रो कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान प्रतियोगितामा मंगलबार भएको खेलमा कनकाइ भेट्रान क्लब अन्तिम चारमा प्रवेश गरेको छ।
दुधे रंगशालामा भएको खेलमा हाम्रो इटहरी भेट्रान क्लबलाई २-१ गोलले पाखा लगाउदै कनकाइ भेट्रान अघिल्लो चरण प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको १४ औं मिनेटमा कन्काई भेट्रानले अग्रता लिएको हो । नोर्गेन लामाले इटहरीका खेलाडिबाट फर्किएको गोललाई जाली चुमाएको हो ।
अवसरको सिर्जना गरेपनि कुनै गोल गर्न नसकेको कारण हाम्रो इटहरी भेट्रान पहिलो हाफमा पछि पर्नुपर्यो । पहिलो हाफ १-० को नतिजामा सकियो।
दोस्रो हाफमा केही रणनीति बदलिदो खेल खेल्दा हाम्रो इटहरीले गोल भने गर्न सकेन । खेलको ६० औं मिनेटमा कनकाइका लागि सुदिप कुमार राईले गोल गर्दै अग्रता दोब्बर बनाए। यो सगै खेल २-० मा पुग्यो ।
निकै रोमाञ्चक भएको खेलमा अन्तिम समय सकिए पछि अतिरिक्त समयमा हाम्रो इटहरी भेट्रानका लागि दिपेन राइले सान्त्वना गोल फर्काए। कनकाइ खेलाडीलाई बिट गर्दै राइले गोल गरेपनि हारलाइ जितमा बद्ल्न सकेनन।
खेलको म्यान अफ दि म्याच विजेता टिमका नोर्गेन लामा घोषित भए।
भोलीको खेल मोरङको उर्लाबारी भेट्रान क्लब र सुनसरीको धरान भेट्रान बिच हुने आयोजक समितिले बताएको छ ।
प्रतियोगितामा झापाका तीन वटा भेट्रान क्लवले प्रतियोगितामा सहभागिता जनाउने छन् । आयोजक दुधे भेट्रान क्लव, सुरुङा भेट्रान र विर्तामोड भेट्रान क्लवले सहभागिता जनाउने छन् । यस्तै मोरङ्गको एउटा मात्र उर्लाबारी भेट्रान क्लवले प्रतियोगितामा सहभागिता जनाउने छ । सुनसरीबाट चर्चित चार वटा टिम सहभागित हुने छ । भरौल भेट्रान क्लव, हाम्रो धरान भेट्रान क्लव, हाम्रो इटहरी भेट्रान क्वल र तरहरा भेट्रान क्लव सुनसरी सहभागि हुने छन् ।
प्रतियोगिताको विजेताले रु १ लाख १ हजार र उपविजेताले रु ५१ हजार सहित मेडल,ट्रफि र प्रमाणपत्र पाउने छन् ।प्रतियोगिताको सर्वोकृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई पुरस्कृत गरिने छ । प्रतियोगितामा सहभागि मध्ये टिमबाट प्रत्येक खेलमा उत्कृष्ट खेलाडिलाई म्यान अफ दि म्याचको रुपमा पुरस्कृत गरिने छ ।







