झापाको भद्रपुरमा जारी “प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९” को दोस्रो खेलमा आज विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुँदैछ ।
मेची रंगशालामा प्रतियोगिताको उपाधि दाबेदार टिमका रुपमा हेरिएको नेपाल पुसिल र चर्च ब्वाइज बिच दिनको २ः३० बजेदेखि खेल हुने आयोजकले जनाएको छ ।
आइतबार भएको उद्घाटन खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २-० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
Advertisement
फागुन १६ गतेसम्म हुने गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् ।







