झापा । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाहीको लागि प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ।
शनिबार बिहान बसेको प्रदेश कमिटिको पूर्ण बैठकले पार्टी हित विपरित गतिविधि गरेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिए।
केन्द्रिय सदस्य प्रसाईले पुर्व राजा ज्ञानेन्द्र शाहा संग साठगाठ गर्दै झापाबाट महाअभियान भन्दै राजतन्त्रको वकालत गर्दै आएका छन् ।
Advertisement







