बिर्तामोड । झापाको बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष कृष्ण अबिरल खरेलले सञ्चालन गर्नुभएको उद्योगमा बिस्फोट भएको हो ।
लोक्ता भरिएको भाँडोमा आगो बलिरहेको अवस्थामा बिस्फोट हुँदा त्यहिँ काम गर्ने कर्मचारी खोटाङ निवासी सरोज सुन्दासको मृत्यु भएको खरेलले बताए ।
बिस्फोटबाट खरेलका दाजु लक्ष्मीप्रसाद र श्रीप्रसाद घाइते भएका छन् र उनिहरुको बिर्तासिटी अस्पतालमा उपचार भईरहेको छ।
Advertisement







