झापाकाे शिवसताक्षी नगरपालिका वडा नं.९ मा पर्ने धार्मिक तथा पर्यटकिय स्थल चिल्लागढ धाममा आजबाट ३ दिने महाशिवरात्री मेला सुरुभएकाे छ ।
धार्मिक तथा पुरातात्त्विक महत्व बाेकेकाे चिल्लागढ धाम लामाे समय देखि ओझेलमा परेकाे धार्मीक पर्यटकीय स्थल हाे । कनकाई नदिले चिल्लागढ आसपासकाे जमिन कटान गर्न थालेपछि ऐतिहासिक महत्व बाेकेकाे चिल्लागढ पाेखरी पुर्णरुपले सुकेकाे थियाे । नगरपालिकाले धामलाई नगर गौरवकाे याेजनामा समावेश गरेपश्चात यसले मुहार फेर्दै गएकाे छ । चिल्लागढ धाममा पर्यटन प्रवर्धन गर्न र धामकाे महत्व उजागर गर्न आजबाट चिल्लागढमा ३ दिने महाशिवरात्री मेलाकाे उद्घाटन गरिएकाे छ ।
मेलनकाे उद्घाटन झापा ४ का संघिय सांसद लाल प्रसाद साँवाले गरेका छन । साँवाले रिवन काटेर र पानसमा दियाे बालेर मेलाकाे विधिवत उद्घाटन गरेका हुन ।
Advertisement







