बिर्तामोड- बिर्तामोड नगरपालिकाले प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई स्वागत सम्मान गरेको छ ।
बिर्तामोड नगरपालिकाका मेयर मेयर पवित्रा महतारा प्रसाईं, उप-मेयर नगेन्द्र संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले सभामुख घिमिरे र उपसभामुख मगरलाई दोसल्ला ओढाएर प्रंशसापत्रसहित सम्मान गरेका हुन् ।
सभामुख र उपसभामुख दुवै जना झापा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
सभामुख घिमिरे नेकपा एमालेबाट प्रत्यक्षतर्फ र उपसभामुख राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ सांसद निर्वाचित भएका थिए ।
उपमेयर सङग्राैलाले स्वागत गर्दै क्षेत्र बिकासमा जोड दिन आग्रह गरे ।
नगर प्रमुख प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा प्रतिनिधि सभा सदस्य,प्रदेश सभा सदस्य लगायतको उपस्तिथि रहेको थियो ।
Advertisement







