• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सभामुख घिमिरेको झापा बसाईका लागि कार्यक्रमहरुको सूचि तयार


  •    सराेज पौडेल/ मङ्गलबार, फागुन ०२, २०७९  

  • झापा । प्रतिनिधि सभामा झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा सभामुख देवराज घिमिरे फागुन ४ गते दुई दिनको कार्यक्रम लिएर झापा आउँदैछन् । मूलतः बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक ब्यापार महोत्सवको समुद्घाटन समारोहको प्रमुख आतिथ्यका लागि सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्र आउन लागेका हुन् ।
    सभामुखमा निर्वाचित भए पछि उनी पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् । उनको दुई दिने झापा बसाइका लागि केही कार्यक्रमहरु निर्धारण भइसकेको जनाइएको छ ।
    जसअनुसार २०७९ फागुन ४ गते दिउँसो १ः३० बजे भद्रपुर एयरपोर्टमा अवतरण गरेपछि सोझै बिर्तामोड नगरपालिकाको कार्यकक्षमा स्थानीय सरकारले आयोजना गरेको सम्मान अभिनन्दन ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
    २०७९ फागुन ४ गते रातको बसाई बिर्तामोडस्थित निवासमा हुनेछ । जहाँ स्थानीय राजनीतिक व्यक्तित्वहरु, सामाजिक, शैक्षिक, धार्मिक संघ–संस्थाहरुका प्रतिनिधिहरुले समय मिलाएर भेट्ने व्यवस्था मिलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
    फागुन ५ गते बिहान ८ बजे बुद्धशान्ति गाउँपालिकाको कार्यकक्षमा स्थानीय सरकारले आयोजना गर्ने सम्मान अभिनन्दन ग्रहण गर्ने र सो पछि बिहान साढे ९ बजे सुखानी शहीद स्मृति पार्कमा पुगेर शहीदहरुको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ ।
    फागुन ५ गते बिहान साढे १० बजे अर्जुनधारा नगरपालिकाका घिमिरे बन्धुहरुले निर्माण गर्न लागेको भवनको शिलान्यास गर्ने र सो पछि अर्जुनधारा नगरपालिकाको कार्यकक्षमा आयोजना गरिने कार्यक्रममा सहभागी बन्ने कार्यतालिका सभामुखको सचिवालयले बनाएको छ ।
    सो कार्यक्रम पछि मध्यान्ह १२ बजे बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक ब्यापार महोत्सवको समुद्घाटन तथा सम्बोधन गर्ने र अपरान्ह ३ बजे बिर्तामोडमा पत्रकारहरुसँग अन्तरसम्वाद भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
    २०७९ फागुन ५ गते दिउँसो ४ः३० बजे निजामति कर्मचारी संगठनका प्रतिनिधिहरुसँग भद्रपुरमा भेटघाट गर्ने र सोही साँझ ६ बजे भद्रपुर विमानस्थलबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम बनाएको सभामुखको सचिवालयले जनाएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.