झापा । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महाेत्सवकाे तयारी पूरा भएको छ ।
साेमबार बिर्तामोड उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत महोत्सवको मुख्य प्रायोजन एनसेल रहने समेत जानकारी गराईएको छ।

फागुन ५ देखि १५ गतेसम्म व्यापार महाेत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहने र स्थानीय ब्याण्ड साथै कलाकारको सहभागीता रहने कार्यक्रमका संयोजक वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्याैपानेले बताए ।
हालसम्म १५० स्टल बुक भइसकेका छन् । भारत, पाकिस्तान र बंगलादेशबाट २० वटा स्टल आउने सम्झौता भएको बताईएको छ ।
महोत्सव संयोजक न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव कुशल खतिवडाले गरेका थिए ।
महासचिव एवं अनुगमन समिती संयोजक अर्जुन मैनालीले मेला भयरहित तथा उत्साहजनक रहने बताए ।
Advertisement







