बिर्तामोड । बिर्तामोडमा नगरले खेलकुद विकास समिति गठन गरेकाे छ । बिर्तामोडमा नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विकास गिरीकाे अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा आईतमाया लिम्बु शेर्मा र सन्तोष गुरुङलाई मनोनित गरिएको छ । यस्तै समितिको सदस्यहरुमा राम प्रसाई, सुदिप खवास, माधब खरेल, सागर राई, बाघधन राई, रिन्टु हस्दा, बिशाल अग्रवाल, गणेश कटुवाल, रमेश उप्रेती, बिकि चौधरी र शारदा दाहाल रहेका छन् । यस्तै समितिको सदस्य सचिवमा बिशन लिम्बुलाई मनोनित गरिएको छ । बिर्तामोड नगरपालिका खेलकुद विकास निर्देशिका अनुसार कार्यपालिका वोर्डले मनोनित गरेको व्यक्ति नगर खेलकुद विकास समितिको अध्यक्ष रहने व्यवस्था छ । यस्तै निर्देशिकामा समितिको उपाध्यक्ष र सदस्य सचिवमा नगर प्रमुखले तोकेको व्यक्ति रहने व्यवस्था छ ।







