झापाको शिवसताक्षीमा ट्रक दुर्घटना भएकाे छ। दुर्घटनामा परी दुईजनाकाे मृत्यु भएकाे । गएराती बाराकाे सिमाराबाट रड लिएर विर्तामाेड तर्फ आउँदै गरेकाे ट्रक चालक सुनसरी झुम्काका मदन चाैधरीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । अर्का सह चालककाे पहिचान खुलेकाे छैन ।
शिवसताक्षी नगरपालिका वडा नं १ पूर्वपश्चिम राजमार्गमा गएराति भएको घटनामा परेर दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरूको शव चेपिएको अवस्थाबाट निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीकाअनुसार उद्धारका लागि तीनवटा जेसिवि परिचालन गरिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका दुईवटा माल वाहक ट्रक मध्ये ना ५ ख ८३११ मा रड लोड भएको थियो । यो ट्रक ना ६ ख ८८९५ पार्किंग गरिएको ट्रक भन्दा पछाडी आउँदै थियो । रातीको बाक्लो हुस्सुका कारण बाटो प्रष्ट नदेखिँदा पार्किङ गरिएको ट्रकमा पछाडीबाट आउदैँ गरेको अर्को ट्रक ठोकिएको स्थानीयवासीले बताएका छन् ।
प्रहरीका अनुसार ट्रकमा लोड भएको रड चालक र सह चालकको क्याबिनमा चिल्पिएर पुगेपछि उनीहरू च्यापिएका हुन् । सिमेन्टको कच्चा पदार्थ बोकेको ट्रक इन्धन सकिएर सडकमा पार्किङ गरिएको त्यस चालकले प्रहरीलाई बताएका छन् ।







