प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस शहीदको सम्झनामा झापाको कनकाई नगरपालिकापनि विविध कार्यक्रमको आयोजना गरी शहीद दिवस मनाईएको छ । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहिदहरुको सम्झनामा आज कनकाईनगरमा पनि शहिद दिवस मनाइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा शहीदहरुको तस्बिरमा फुल अविर द्वारा माल्यारपण गरिएको थियोे । त्यस्तै कार्यक्रममा ईलाका प्रहरी कार्यलय घैलाडुब्बाको टोलीले सलामी अर्पण समेत गरेको थियोे ।
कार्यक्रममा उप प्रमुख आशा शर्मा शिवाकोटी , वडा अध्यक्षहरु वडा न १ शुसिलकुमार पोख्रेल , ३ का अध्यक्ष युवराज चौलागाईं , ४ का अध्यक्ष रोषन सुवेदी , ५ का अध्यक्ष कृष्ण बहादुर राई , ७ का अध्यक्ष भीष्म भुषण सिटौला , ८ का अध्यक्ष लिला बहादुर कट्टुवाल विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , विभिन्न सघ- सस्थाका प्रमुख तथा प्रतिनिधि , कार्यपालिका सदस्य , अन्य वडा सदस्य , टोल विकास सस्थाका पदाधिकारी , नगर कर्मचारीमा प्रशासन शाखाका प्रमुख विवेक भन्डारी , जिन्सी शाखाका प्रमुख भोज राज आचार्य , लेखा शाखा प्रमुख दुर्गा खड्का , कर्मचारी विजय पाठक , वडा न १ वडा सदस्य निर्मला खड्का ,हरि कुमार राई दल बहादुर थापा लगायतको उपस्थितिमा नगरले उक्त कार्यक्रम सम्पन्न गरेको हो। प्रतेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद भएका हुन।
शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो कार्यक्रमका सहभागीहरुले राखेका थिए।यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेपनि प्रतिबद्धतामा नै सिमित हुने तर कार्यन्वनमा भने लागू नभएको वडा न १ का अध्यक्ष शुसिलकुमार पोख्रेलले आरोप लगाउनुभयो। 
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ८ का अध्यक्ष लिलाबहादुर कट्वालले स्वागत गरेको कार्यक्रमको सन्चालन कर्मचारी लक्ष्मीप्रसाद अधिकारी गर्नुभएको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।







