झापाको कनकाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ घर परिवारलाई आधा रुपैयाँमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । नगरले प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण निःशुल्क र ५ घरपरिवालाई आधा पैसामा स्वास्थ्य विमा गर्ने लक्ष्यले आइतवार (आज) कनकाई वडा नम्बर ६ बाट स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको कनकाई नगर प्रमुख पोख्रेलले जानकारी दिनुभयो । दुई बर्ष अघि कोरोना कहरका कारण प्रभावित नगरवासी हरुलाई अहिलेसम्म नै निशुल्क अक्सिजन समेत उपलब्ध गराउदै आएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो। 
स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत वडा नम्बर ६ का १४ टोलका २८ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ५० घरपरिवारलाई स्वास्थ्य विमाको आधा शुल्कमा विमा गर्न शुरु गरिएको प्रसाशन प्रमुख विवेक भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न राजनिती दलका प्रमुख प्रतिनिधि , विभिन्न सघ – सस्थाका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीय वासिन्दाको बाक्लो उपस्थिति रहेकोे थियो।कनकाई–६ का वडाध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकु्मार पोख्रेलको प्रमुख आतिथ्य र नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगाल, नारायणप्रसाद अधिकारी लगायतले आ- आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रमको औचित्यमाथि प्रकाश वडाध्यक्ष थापाले पारेको कार्यक्रममा स्वागत वडा सदस्य कुमारी द्रोपदा गौतम आचर्यले गर्नुभएको थियोे भने सञ्चालन कर्मचारी फडिन्द्र गिरीले गर्नुभएको थियो।







