पछिल्लो २ दिनबाट जाडो अत्यधिक बढेसगै कनकाई नगरले ब्ल्याङ्केट बितरणलाई तिव्रता दिएको छ। जाडोले जेष्ठ नागरिक , अशक्त तथा अपांग , बालबालिका,अति विपन्न परिवारका साथै रोगी र सुत्केरी महिलाहरूलाई लक्षित गरि नगरका नौवटा वडामा एकै साथ ब्ल्याङ्केट बितरण गरिएको हो। पछिल्लो २ दिनबाट जाडो अत्यधिक बढेसगै नगरका सबै वडामा ब्ल्याङ्केट बितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।
जाडोले जेष्ठ नागरिक , अशक्त तथा अपांग , बालबालिका,अति विपन्न परिवारका साथै रोगी र सुत्केरी महिलाहरूलाई लक्षित गरेर प्रतेक वडामा २० परिवारका दरले १ सय ८० भन्दा बढि परिवारलाई नौवटा वडामा एकै साथ उच्च क्वालिटिको ब्ल्याङ्केट बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो। नगर प्रमुख पोख्रेल , नगर उप प्रमुख आशा शर्मा शिवाकोटी , प्रशासन शाखाका प्रमुख विवेक भन्डारी , जिन्सी शाखाका प्रमुख भोज राज आचार्य , लेखा शाखा प्रमुख दुर्गा खड्का , वडा न १ वडा सदस्य निर्मला खड्का , हरि कुमार राई , दल बहादुर थापा लगायले ब्ल्याङ्केट वितरण गरेको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।
यस अघिपनि नगरका सबै वडामा अति विपन्न तथा जेष्ठ नागरिकहरुलाई जाडोबाट बचाउन ब्ल्याङ्केट लगायतका सामाग्री वितरण गरिएको प्रशासन विभागका प्रमुख विवेक भण्डारीले जानकारी दिनुभयो ।
नगरले परिवारको अवस्थालाई हेरेर जाडो बाट बचाउन टोल एवम् वडाबाट सिफारिसमा परेका अति विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको वडा न १ कावडा अध्यक्ष सुशीलकुमार पोख्रेलले जानकारी दिनुभयो । ब्ल्याङ्केट वितरण कार्यक्रममा नगरका सबै वडा अध्यक्षहरु , कार्यपालिका सदस्य , अन्य वडा सदस्य , टोल विकास सस्थाका पदाधिकारी , नगर कर्मचारी लगायतको उपस्थितिमा नगरले उक्त कार्यक्रम सम्पन्न गरेको कर्मचारी विजय पाठकले जानकारी दिनुभयो । आगामी केही दिनमा नै नगर भरिका सामुदायिक विध्यालयका विपन्न तथा जेहेन्दार विध्यार्थीहरुलाई छात्रवृत्ति दिने तयारी भईरहेको वडा न १ का अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो।
पछिल्लो २ दिनबाट अत्यधिक जाडो बढेसगै कनकाई नगर द्वारा ब्ल्याङ्केट बितरणलाई तिव्रता
पछिल्लो २ दिनबाट अत्यधिक जाडो बढेसगै कनकाई नगर द्वारा ब्ल्याङ्केट बितरणलाई तिव्रता
Advertisement
तपाईको प्रतिक्रिया







