भद्रपुर १२ माघ । देवकोटा युवा क्लबले सरस्वती पूजा तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
भद्रपुर नगरपालिका ९ स्थित मुना सामुदायिक वनमा स्थानीय युवाहरुको सक्रियतामा सरस्वती पूजाको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी भद्रपुरको प्राबिधिक सहयोगमा ५८ जनाले रक्तदान गरेका थिए ।
सामाजिक उत्तरदायित्व अन्तरगत सो कार्यक्रम गरिएको क्लबका अध्यक्ष दिवाकर मैनालीले बताए । 
वडाध्यक्ष रामप्रसाद दाहालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा युवाहरुको प्रयासको बक्ताहरुले प्रशंसा ब्यक्त गरेका थिए ।
क्लबका सचिब रमेश उप्रेतीले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष अजित तिवारीले गरेका थिए ।
Advertisement







