बिर्तामोड २ चारपानेकि लोचनकुमारी मैनालीले आफ्ना श्रीमान् स्व:हरिप्रसाद मैनालीको स्मृतिमा अक्षयकोष स्थापना गरेकी छन् ।
सरस्वती पुजाको अवसरमा वीर अमरसिंह माध्यमिक बिद्यालयमा मैनालीले बालबालिका लाई अध्ययन गर्न सहयोग पुगोस् भनेर कोष स्थापना गरिएको बताइन् ।
७५ बर्षिय मैनालीले स्व श्रीमानको सम्झनामा १ लाख १ हजार रुपैयाँ सहयोग गर्दै सहि ठाउँमा रकम खर्च गर्न आग्रह समेत गरेकी छिन् ।
बिद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले प्राप्त भएको सहयोग रकम कोषका नाममा रहने बताए । हालसम्म बिद्यालयको कोषमा १९ लाख जम्मा भईसकेको बताए ।
Advertisement







